Like us!
Follow us!
Connect us!
Watch us!

एकैदिन १ खर्ब २० अर्ब रुपैयाँ प्रशोचन गर्दै राष्ट्र बैंक

अर्थ संसार

शुक्रबार, ११ बैशाख २०८३, ११ : ०४ मा प्रकाशित

एकैदिन १ खर्ब २० अर्ब रुपैयाँ प्रशोचन गर्दै राष्ट्र बैंक

बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले फेरि निक्षेप संकलन उपकरण प्रयोग गर्दै पैसा खिच्ने भएको छ । केन्द्रीय बैंकले आज वैशाख ११ गते फेरि बैंकिङ प्रणालीबाट एकैपटक १ खर्ब २० अर्ब रुपैयाँ तान्ने भएको हो । 

यसका लागि आज दिउँसो ३ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ । निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन् ।

निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् । यो १९ दिने निक्षेप संकलन उपकरणको यही वैशाख ३० गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको