Like us!
Follow us!
Connect us!
Watch us!

चेल्सी एफए कपको फाइनलमा

अर्थ संसार

सोमबार, १४ बैशाख २०८३, १२ : १६ मा प्रकाशित

चेल्सी एफए कपको फाइनलमा

एफए कपको सेमिफाइनलमा एन्जो फर्नान्डेजले पहिलो हाफमा गरेको हेडर गोल निर्णायक बन्दा चेल्सीले वेम्ब्लीमा लिड्स युनाइटेडलाई १-० ले पराजित गर्दै फाइनलमा स्थान बनाएको छ।

लियम रोजेनियरलाई बर्खास्त गरिएपछि चेल्सीले खेलेको पहिलो खेलमै जित हात पारेको हो। रोसेनियरलाई पदबाट हटाइएपछि सिजनको अन्त्यसम्मका लागि क्यालम म्याकफार्लेनलाई अन्तरिम प्रशिक्षकको जिम्मेवारी दिइएको छ।

अब उनले चेल्सीलाई मे १६ शनिबार हुने फाइनलमा म्यानचेस्टर सिटीविरुद्ध उतार्नेछन्। सन् १९७३ मा सन्डरल्यान्डसँग पराजित भएपछि पहिलो पटक एफए कपको फाइनल पुग्ने लिड्स युनाइटेडको आशा अधुरै रह्यो। खेलमा पाएका महत्वपूर्ण अवसर सदुपयोग गर्न नसक्दा लिड्स पराजित भयो ।

लिड्सले खेलको पहिलो ठूलो अवसर बनाएको थियो। ब्रेन्डेन आरोनसनले बल अघि बढाउँदै एक्लै गोलतर्फ बढाए, तर चेल्सीका गोलरक्षक रोबर्ट सान्चेजले खुट्टाले उत्कृष्ट बचाउ गर्दै गोल हुन दिएनन्। त्यही अवसर गुमाउनु लिड्सका लागि महँगो सावित भयो। खेलको २३औँ मिनेटमा पेड्रो नेटोको क्रसमा एन्जो फर्नान्डेजले शक्तिशाली हेडर गर्दै गोल गरे। उक्त प्रहारलाई लिड्सका गोलरक्षक लुकास पेरीले रोक्ने कुनै मौका पाएनन्।

चेल्सीले खेलमा पकड बनाउँदै जाँदा जोआओ पेड्रोको प्रहार पोस्टमा लागेर फर्कियो। त्यसपछि मात्रै लिड्सले दोस्रो हाफमा केही राम्रो खेल देखाउन थाल्यो। दोस्रो हाफमा मैदान प्रवेश गरेका एन्टोन स्टाखले केही सेकेन्डमै प्रहार गर्दै रोबर्ट सान्चेजबाट डाइभिङ बचाउ गराए। त्यसपछि डोमिनिक काल्भर्ट लेविनले नजिकबाट गरेको हेडर सिधै गोलरक्षक सान्चेजतिर पुग्दा लिड्सले उत्कृष्ट मौका गुमायो।

खेलको अन्तिम समय निकै तनावपूर्ण बने पनि चेल्सीले अग्रता जोगाउँदै जित सुनिश्चित गर्‍यो। रोजेनियरलाई केवल १०६ दिनमै बर्खास्त गरेपछि टोलीले महत्वपूर्ण जित निकालेको हो। अब चेल्सीले पछिल्ला तीन एफए कप फाइनलमा भोगेको हारको शृंखला तोड्ने प्रयास गर्नेछ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको