मल्टीपर्पस फाइनान्स कम्पनी लिमिटेडले नाफामा भारी गिरावट देखिएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२÷८३ को तेस्रो त्रैमासम्मको वित्तीय विवरण अनुसार नाफामा गिरावट देखिएको हो ।
सार्वजनिक वित्तीय विवरण अनुसार चालु आवमा फाइनान्सले ५३ लाख २३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ७५.४१ प्रतिशतले कम हो । गत आवमा फाइनान्सको नाफा २ करोड १६ लाख रुपैयाँ थियो । खुद ब्याज आम्दानी ६ करोड ४८ लाख रुपैयाँबाट १८.०९ प्रतिशतले घटेर ५ करोड ३१ लाख रुपैयाँमा झरेको छ । खुद ब्याज आम्दानीमा गिरावट आउनुका साथै सञ्चालन खर्च ४ करोड १५ लाखबाट बढेर ५ करोड २९ लाख रुपैयाँ पुग्दा नाफा घट्न पुगेको हो ।
६१ करोड २ लाख चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ९ करोड ९ लाख रुपैयाँ रहेको छ । वित्तीय विवरण अनुसार फाइनान्सको प्रतिसेयर आम्दानी १.१६ रुपैयाँ, नेटवर्थ ११९.३१ रुपैयाँ रहेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस