Like us!
Follow us!
Connect us!
Watch us!

सरकारलाई आफ्नै बहुमतप्रति विश्वास छैन,पेलेर जान्छु भनेर नसोच्नू - गगन थापा

अर्थ संसार

बुधबार, १६ बैशाख २०८३, १५ : ०० मा प्रकाशित

सरकारलाई आफ्नै बहुमतप्रति विश्वास छैन,पेलेर जान्छु भनेर नसोच्नू - गगन थापा

नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारलाई आफ्नै बहुमत भएको संसद्प्रति विश्वास नभएको बताएका छन् । रौतहटमा पार्टीका नेता कार्यकर्तासँग कुरा गर्दै उनले सरकारले सदन र जनतालाई हेपेको टिप्पणी गरे ।

उनले संवैधानिक परिषद्मा प्रधानमन्त्रीले आफ्नो स्वार्थअनूकुल बनाउन चलखेल गर्ने प्रयास भइरहेको बताए । आफूहरू पनि संवैधानिक परिषद्मा नियुक्ति गर्ने कुरामा व्यापक फेरबदल गर्नुपर्छ भनेर लागेको बताए । उनले कांग्रेस प्रमुख प्रतिपक्ष दल भएकाले हेपाहा प्रवृत्ति स्वीकार नगर्ने चेतावनी दिए ।

उनले भने, ‘प्रतिनिधिसभाको बैठकको मिति तोकेर आह्वान भइसके पछाडि फेरि कुनै सूचना नदिई बैठक स्थगित गरियो । यो संसद् र नागरिकलाई हेपेको हो । संसद्लाई किन हेपेको हो भने संसद्प्रति विश्वासमा राखेर आफ्नो बहुमत भएको संसद्प्रति सरकारको विश्वास छैन । यसकारण संसद् छँदै अध्यादेश ल्याइयो । यस्तो प्रयास पहिलाका प्रधानमन्त्रीहरूले पनि गर्नुभएको थियो । यसमा हामीले सधैँभरि असहमति प्रकट गर्‍यौँ । अहिले यस्तो अनुकूलता भएको बेलामा सरकारले संवैधानिक परिषद्मा प्रधानमन्त्रीको हैसियतबाट ‘म अहिलेको नियुक्तिहरू यसरी गर्न चाहन्छु, म अदालतका सन्दर्भमा यसरी नियुक्ति गर्न चाहन्छु, म अरू संस्थाहरूमा नियुक्ति यसरी गर्न चाहन्छु’ भनेर भन्दै गर्दा हामी प्रमुख प्रतिपक्ष दल हौँ । म एक्लै गर्छु, अरू मागेका सबैलाई पेलपाल गरेर जान्छु, भोलि संसद्लाई पनि पेल्छु, अरू पार्टीलाई पनि पेल्छु भन्ने सोचले अप्ठ्यारो पार्छ । मेरो अहिले पनि सुझाव छ सच्याउनुस् र यसलाई ठीक बाटोमा लिएर जानुस् ।’

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको