राष्ट्रपति रामचन्द्र पौडेलको कतार भ्रमण प्रस्थान गरेका छन् । आज बिहान ९ : १० बजे पौडेल त्रिभुवन विमानस्थलबाट कतार प्रस्थान गरेका हुन् । राष्ट्रपति पौडेल कतारमा आयोजित 'सेकेण्ड वल्र्ड समीट फर सोसल डेभलपमेन्ट' कार्यक्रममा सहभागी हुन गइरहनु भएको हो।
राष्ट्रपति पौडेललाई उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्कीलगायत उच्च पदस्थ व्यक्तिहरूले त्रिभुवन विमानस्थलमा पुगेर बिदाइ गरेका छन् । राष्ट्रपति पौडेलले आफ्नो भ्रमण कात्तिक २० गतेसम्म जारी राख्नेछन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस