Like us!
Follow us!
Connect us!
Watch us!

बीमा प्राधिकरणले दुई बीमा कम्पनीलाई गर्यो कारबाही

अर्थ संसार

विहीबार, २४ बैशाख २०८३, १५ : ३३ मा प्रकाशित

बीमा प्राधिकरणले दुई बीमा कम्पनीलाई गर्यो कारबाही

नेपाल बीमा प्राधिकरणले नियम उल्लंघन गरेको भन्दै दुई बीमा कम्पनीलाई कारबाही गरेको छ । बीमा प्राधिकरणले नियम उल्लंघन गरेको भन्दै सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी र लर्ड बुद्ध रिइन्स्योरेन्स ब्रोकिङ कम्पनीलाई कारबाही गरेको हो ।

प्राधिकरणले सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले सम्पत्ति बीमामा तोकिएको बीमा शुल्कमा छुट तथा सहुलियत दिएको पाइएपछि २  लाख  जरिवाना गरेको हो । प्राधिकरणका अनुसार कम्पनीले निर्देशनविपरीत बीमाशुल्कमा डिस्काउन्ट दिएको थियो । लर्ड बुद्ध रिइन्स्योरेन्स ब्रोकिङ कम्पनीले स्वामित्व परिवर्तनसम्बन्धी व्यवस्था पालना नगरेको पाइएपछि ५  हजार जरिवाना गरिएको प्राधिकरणले जनाएको छ।


 

69fc5ffad513e.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको