Like us!
Follow us!
Connect us!
Watch us!

सिद्धार्थ प्रिमियरको नाफामा भारी गिरावट, अन्य सूचक कस्ता ?

अर्थ संसार

शुक्रबार, २५ बैशाख २०८३, ०७ : ३८ मा प्रकाशित

सिद्धार्थ प्रिमियरको नाफामा भारी गिरावट, अन्य सूचक कस्ता ?

सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको नाफामा भारी गिरावट आएको छ । कम्पनीले सार्वजनिक गरेको चालू आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार नाफा घटेको हो । 

कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्मको अवधिमा ४ करोड १ लाख रुपैयाँ नाफा कमाएको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ९१.१५ प्रतिशतले कम हो । गत आवको तेस्रो त्रैमासिकसम्म कम्पनीले ४५ करोड ३६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । यद्यपि कम्पनीको खुद ब्याज आम्दानी भने समीक्षा अवधिमा सामान्य बढेको छ । चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा कम्पनीको यसतो आम्दानी २ अर्ब ७० करोड रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो आम्दानी २ अर्ब ६७ करोड ५४ लाख रुपैयाँ रहेको थियो । आम्दानीमा सुधार नै देखिएको भए पनि जेनजी आन्दोलन र बाढी पहिरोको कारण ठूलो मात्रामा दाबी परेकोले नाफामा तीव्र दबाब परेको देखिएको छ । 

यता कम्पनीको निर्जीवन बीमाकोष ५ अर्ब ६३ करोड ७३ लाख रुपैयाँबाट झण्डै दोब्बर अर्थात् ९७.९६ प्रतिशतले बढेर ११ अर्ब १५ करोड ९९ लाख रुपैयाँ नाघेको छ । यद्यपि लगानी तथा कर्जाबाट हुने आम्दानीमा करीब ३२ प्रतिशतको गिरावट देखिएको छ । यता कम्पनीको कुल आम्दानी २ अर्ब १५ करोड ७८ लाख रुपैयाँबाट घटेर १ अर्ब ९२ करोड २४ लाख रुपैयाँमा झर्दा कुल खर्च भने १ अर्ब ५२ करोड ६८ लाख रुपैयाँबाट बढेर १ अर्ब ८६ करोड ५१ लाख रुपैयाँ नाघेको छ । कम्पनीको प्रतिसेयर आम्दानी २१.५५ रुपैयाँबाट घटेर १.९१ रुपैयाँमा झरेको छ भने प्रतिसेयर नेटवर्थ २५०.०६ रुपैयाँ कायम भएको छ ।

चुक्ता पूँजी २ अर्ब ८० करोड ६५ लाख रुपैयाँ रहेको कम्पनीको महाविपत्ति कोषमा २३ करोड १८ लाख रुपैयाँ र जगेडा कोषमा ३३ करोड २७ लाख रुपैयाँ सञ्चिति रहेको छ । चैत मसान्तसम्म आइपुग्दा कम्पनीले करीब ८ अर्ब रुपैयाँ लगानी गरेको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको