सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकका अध्यक्ष देवकुमार ढकालसहित सञ्चालक समितिका सबै सदस्यले पदबाट राजीनामा दिएका छन्।
सार्वजनिक संस्थामा राजनीतिक नियुक्ति लिएका पदाधिकारीसम्बन्धी सरकारी नीतिपछि बैंकको नेतृत्व तहमा एकैपटक ठूलो परिवर्तन आएको हो।
अर्थ मन्त्रालय स्रोतका अनुसार अध्यक्ष ढकालसँगै बैंकका सञ्चालकहरू थानप्रसाद पँगेनी, लक्ष्मण घिमिरे, प्रा. डा. रामप्रसाद ज्ञवाली, रोमिला ढकाल उप्रेती, डा. सूर्यबहादुर राना तथा हरिकुमार सिलवालले पनि जिम्मेवारीबाट अलग हुने निर्णय गरेका छन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस