नेपाल स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकाल नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । मंगलबार भएको निर्वाचनबाट उनी वस्तुगत तर्फको केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् ।
ढकाल पूँजीबजारसहित अन्य विभिन्न व्यवसायमा आवद्ध छन् । निर्वाचित भएसंगै उनले पूँजीबजारमा आवद्ध रहेका ७२ लाख भन्दा लगानीकर्ताहरूको आवाजलाई महासंघमार्फत नीति निर्माताहरुको तहमा पु¥याउने प्रतिवद्धता जनाएका छन् । अर्थतन्त्रको मुख्य इन्जिन निजी क्षेत्र नै भएको र त्यसको मेरुदण्डका रुपमा पूँजीबजार रहेको भन्दै ढकालले यो विषयलाई महासंघको फोरममार्फत सरकार, नीति निर्माता र सरोकारवाला समक्ष आफूले सशक्त रुपमा उठाउने बताएका छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस