Like us!
Follow us!
Connect us!
Watch us!

सगरमाथा लुम्बीने इन्स्योरेन्सको नाफामा ४७ प्रतिशतको गिरावट, इपीएस सहित अन्य सूचक कस्ता ?

अर्थ संसार

आइतबार, २७ बैशाख २०८३, १० : ११ मा प्रकाशित

सगरमाथा लुम्बीने इन्स्योरेन्सको नाफामा ४७ प्रतिशतको गिरावट, इपीएस सहित अन्य सूचक कस्ता ?

सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) को नाफा घटेको छ । कम्पनीले सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०८२/०८३ को तेस्रो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार नाफा गत आर्थिक वर्षको तुलनामा ४७.१३ प्रतिशतले घटेको हो ।

वित्तीय विवरण अनुसार चालु आर्थिक वर्षको ९ महिनामा कम्पनीले १३ करोड ३२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २५ करोड १९ लाख रुपैयाँ नाफा कमाएको थियो । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार बीमा व्यवसायबाट हुने मुख्य आम्दानी भने सुधारिएको छ । समीक्षा अवधिमा कम्पनीको खुद बीमाशुल्क आर्जन १ अर्ब ४७ करोड ४६ लाख रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा यस्तो आम्दानी १ अर्ब २९ करोड २४ लाख रुपैयाँ रहेको थियो । त्यस्तै कुल बीमाशुल्क आर्जन पनि बढेर २ अर्ब ९७ करोड ५० लाख रुपैयाँ पुगेको छ ।

अघिल्लो आवको यही अवधिमा कम्पनीले २ अर्ब ९४ करोड ८८ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको थियो । कम्पनीको कुल आम्दानी सामान्य बढेर २ अर्ब ११ करोड ८८ लाख रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्म यस्तो आम्दानी २ अर्ब ९ करोड १३ लाख रुपैयाँ थियो । तर खर्च उल्लेख्य रूपमा बढेका कारण पनि नाफामा दबाब परेको देखिन्छ। कम्पनीको कुल खर्च १ अर्ब ९२ करोड १५ लाख रुपैयाँ पुगेको छ जुन अघिल्लो वर्ष १ अर्ब ७३ करोड १३ लाख रुपैयाँ थियो ।

सलिकोको प्रतिसेयर आम्दानी (ईपीएस) पनि घटेको छ । गत वर्ष १२ रुपैयाँ ८१ पैसा रहेको ईपीएस घटेर अहिले ६ रुपैयाँ ७७ पैसामा सीमित भएको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ २३३ रुपैयाँ ६४ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ८९.६३ गुणा कायम भएको छ । कम्पनीको कुल सम्पत्ति बढेर १४ अर्ब ९१ करोड २० लाख रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको अन्त्यसम्म यस्तो सम्पत्ति १४ अर्ब ७२ करोड ८ लाख रुपैयाँ रहेको थियो। चुक्ता पूँजी २ अर्ब ६२ करोड रुपैयाँ रहेको कम्पनीको स्पेशल रिजर्भमा २ अर्ब ५५ करोड रुपैयाँ, महाविपत्ति कोषमा २२ करोड ६७ लाख रुपैयाँ र जगेडा कोषमा १८ करोड ८१ लाख रुपैयाँ सञ्चिति रहेको छ । कम्पनीको सोल्भेन्सी अनुपात ३.३१ गुणा कायम रहेको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको