इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्सले पञ्जाव किंग्सलाई हराएको छ । सोमबार बेलुका धर्मशालामा टस हारेर पहिला ब्याटिङ गरेको पञ्जावले ५ विकेट गुमाएर २१० रन बनाएको थियो । पञ्जावले दिएको २११ रनको लक्ष्य पछ्याएको दिल्लीले १९ ओभरमा ७ विकेट गुमाउँदै भेट्टायो ।
पञ्जाब किंग्सको यो लगातार चौथो हार हो । आईपीएल अंक तालिकामा पञ्जाव ११ खेलमा १३ अङ्कका साथ चौथो स्थानमा छ । त्यस्तै दिल्ली १२ खेलमा १० अङ्कका साथ तालिकाको सातौँ स्थानमा छ । आईपीएल क्रिकेटमा आज सनराइसर्ज हैदरावाद र गुजरात टाइटन्सले खेल्दैछन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस