प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन शाह संसद्मा उपस्थित नभएसम्म विरोध जारी रहने चेतावनी दिएको छ। प्रतिनिधिसभा बैठकमा बोल्दै पार्टीका सचेतक निश्कल राईले प्रधानमन्त्रीको उपस्थिति अनिवार्य रहेको बताएका हुन्। उनले प्रधानमन्त्री उपस्थित नभए संसद्मा विरोध जारी रहने स्पष्ट पारे।
सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्रीलाई संसद्मा उपस्थित गराउन आवश्यक पहल गर्नुपर्ने उल्लेख गर्दै राईले प्रधानमन्त्रीको अनुपस्थितिमाथि प्रश्न उठाए। 'प्रधानमन्त्री संसद्मा उपस्थित नहुनु उदासिनता होइन र ?' भन्दै प्रश्न गरे ।
राईले भने,‘तपाईं हाम्रो अभिभावक हो । संसद्को संरक्षक हो । यस विषयमा हजुर गम्भीर बन्नुपर्छ । यदी प्रधानमन्त्रीज्यू उपस्थित हुनुभएन भने हाम्रो विरोध जारी रहनेछ । आज परिस्थिति यस्तो बनेको छ कि यो गुरुकुल र विश्वविद्यालयलाई बंक गर्न थाल्नुभएको छ । सदनजस्तो गरिमामय संस्थालाई बेवास्ता गर्नु दुखद मात्रै होइन संसदीय व्यवस्थाप्रतिको उदासिनता होइन र ?,’ राईले प्रश्न गरे, ‘अझ दुखको कुरा सत्तापक्षका सदस्यहरू यसलाई सामान्य बनाउने प्रयत्न गरिरहनुभएको छ ।’
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस