Like us!
Follow us!
Connect us!
Watch us!

यो सरकारप्रति भरोसा छ,आगामी बजेट युगान्तकारी हुन्छ - चेम्बर अध्यक्ष अग्रवाल

अर्थ संसार

बुधबार, ०६ जेठ २०८३, १६ : ३३ मा प्रकाशित

यो सरकारप्रति भरोसा छ,आगामी बजेट युगान्तकारी हुन्छ - चेम्बर अध्यक्ष अग्रवाल

सरकार आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट जेठ १५ गते आउदैछ । यसैसन्दर्भमा हामीले  नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालसँग कुराकानी गरेका छौं । उनले आगामी नयाँ बजेटले नेपाली अर्थतन्त्रमा अभूतपूर्व सुधार ल्याउने र निजी क्षेत्रको मनोबललाई उच्च बनाउने बलियो विश्वास व्यक्त गरेका छन् । अर्थसंसारको कुराकानीमा  उनले कोभिड १९ र त्यसपछिका विभिन्न उतारचढावका कारण केही समय शिथिल बनेको अर्थतन्त्रलाई यो सरकारले ल्याउने बजेटले लयमा ल्याउने बताएका छन्।

अध्यक्ष अग्रवालले वर्तमान बहुमतको सरकारप्रति निजी क्षेत्रको पूर्ण भरोसा रहेको बताउँदै सरकार र निजी क्षेत्रको सहकार्यबाट देशले आर्थिक फड्को मार्ने स्पष्ट पारे।

७ प्रतिशतको आर्थिक वृद्धि र १०० खर्बको अर्थतन्त्रको लक्ष्य

अध्यक्ष अग्रवालले सरकारले लक्ष्य राखेको ७ प्रतिशत आर्थिक वृद्धि र अर्थतन्त्रलाई १०० खर्बको बनाउने योजनालाई सफल बनाउन आगामी बजेट महत्त्वपूर्ण हुने बताएका छन्। उनले निजी क्षेत्रबाट आएका सुझावहरू सरकारले बजेट र कर नीतिमा समावेश गर्नेमा आफू आशावादी रहेको पनि बताए।

अध्यक्ष अग्रवालले सरकारको नीतिगत स्पष्टता र हालैका कार्यसूचीप्रति खुसी व्यक्त गरेका छन् । उनले भने 'सरकारको नीति तथा कार्यक्रम निकै राम्रो र व्यावहारिक आएको छ। केही समयअघि सार्वजनिक गरिएको सरकारको १०० बुँदे ‘शासकीय सुधार कार्यसूची’ र राष्ट्रिय स्वतन्त्र पार्टीले चुनाव अगाडि अघि सारेको बाचापत्रले आशा जगाएको छ। यो सरकारसँग स्पष्ट बहुमत र आम नागरिकको विश्वास भएकाले देशको अर्थतन्त्रलाई नयाँ उचाइमा पुर्‍याउन कुनै अप्ठ्यारो छैन।'

नीतिगत सुधार र व्यवसायीमैत्री कर प्रणालीमा जोड

देशमा आर्थिक स्थायित्व कायम गर्न र लगानीको वातावरण अझ सहज बनाउन सरकारले नीतिगत सुधारलाई प्राथमिकता दिनुपर्ने उनले बताएका  छन्  । अग्रवालले कर प्रणालीलाई थप व्यवसायीमैत्री बनाउँदै राजस्व र आर्थिक विकास दुवैलाई सँगै लैजाने रणनीति बजेटको केन्द्रमा रहने अपेक्षा गरेका छन् । उनले अब आउने बजेटले निजी क्षेत्रको उत्साह बढाउने  बताए।

उनले भने, 'हामीले सरकारलाई सुझावहरू दिएका छौँ। यो सरकारले निजी क्षेत्रको मनोबल उकास्न दिएका सुझावहरू कार्यान्वयन गर्नेछ भन्नेमा हामी ढुक्क छौँ। अब आउने बजेटले नेपालको अर्थतन्त्रलाई एकदमै माथि पुर्‍याउनेछ ।'

 

 

 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

धेरै पढिएको