Like us!
Follow us!
Connect us!
Watch us!

असार १ गतेदेखि कक्षा ११ को पठनपाठन सुरु गर्न सरकारको निर्देशन

अर्थ संसार

बुधबार, ०६ जेठ २०८३, १७ : ०२ मा प्रकाशित

असार १ गतेदेखि कक्षा ११ को पठनपाठन सुरु गर्न सरकारको निर्देशन

सरकारले आगामी असार १ गतेदेखि नै कक्षा ११ को पठनपाठन सुरु गर्न निर्देशन दिएको छ। शिक्षा तथा खेलकुद मन्त्रालयको निर्णयअनुसार शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सबै शिक्षा विकास तथा समन्वय इकाइहरूलाई पत्राचार गर्दै यसको जानकारी गराएको हो।

शैक्षिक सत्र २०८२ को एसईईको नतिजा सार्वजनिक भइसकेकाले नयाँ शैक्षिक सत्रको पढाइ असारको पहिलो दिनदेखि नै सुरु गराउन सबै विद्यालयहरूमा सूचना प्रवाह गर्न भनिएको छ । विगतका वर्षहरूमा एसईईको नतिजा आउन सामान्यतया ३ महिनासम्म लाग्ने गरेको थियो। तर, यस वर्ष कार्यपद्धतिमा सुधार गर्दै मात्र १ महिनाभित्रै नतिजा प्रकाशन गरिएकाले कक्षा ११ को पढाइ पनि चाँडै सुरु हुन लागेको हो।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको