Like us!
Follow us!
Connect us!
Watch us!

अञ्जनीकुमार पोखरेल सशस्त्र प्रहरीको एआईजीमा बढुवाका लागि सिफारिस

अर्थ संसार

बुधबार, ०६ जेठ २०८३, २० : ५८ मा प्रकाशित

अञ्जनीकुमार पोखरेल सशस्त्र प्रहरीको एआईजीमा बढुवाका लागि सिफारिस

सशस्त्र प्रहरी बलको अतिरिक्त प्रहरी महानिरीक्षकमा अञ्जनीकुमार पोखरेल बढुवाका लागि सिफारिस गरिएको छ। बढुवा समितिको मंगलबार बसेको बैठकले रिक्त रहेको एआईजी पदमा पोखरेललाई सिफारिस गर्ने निर्णय गरेको हो।

अब मन्त्रिपरिषदबाट बैठकले सशस्त्र प्रहरी नायब महानिरीक्षक पोखरेलको बढुवा गर्ने निर्णय गर्नेछ। पोखरेल हाल सशस्त्र प्रहरी बल बागमती प्रदेश प्रमुखका रुपमा कार्यरत छन्। विशेषगरी कोशी प्रदेशमा नेतृत्व सम्हालेदेखि तस्करी नियन्त्रण, सीमा सुरक्षा, विपद् व्यवस्थापन तथा गोताखोर जनशक्ति उत्पादनमा खेलेको भूमिकाले उनको संगठनभित्र छुट्टै पहिचान बनेको छ।

सशस्त्र प्रहरी संगठनभित्र पोखरेल कार्यक्षमता, नतिजामुखी नेतृत्व, तस्करी नियन्त्रणमा कठोरता र विपद् व्यवस्थापनमा सक्रिय रुपमा लागेका छन्। यही सक्रियताले पोखरेललाई एआईजी बढुवामा बाटो खुलेको हो।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको