लिखत कीर्तेसम्बन्धी कसुरमा बाह्रबिसे नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष रेशम तामाङ पक्राउ परेका छन् । तामाङ कांग्रेसबाट निर्वाचित अध्यक्ष हुन् ।जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार उनलाई बाह्रबिसेबाट नियन्त्रणमा लिइएको हो ।
तामाङमाथि कीर्ते लिखत कसुरमा अदालतबाट म्याद थप गरी अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । वडाध्यक्ष तामाङले आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर गई एक विवाहित पुरुषलाई ‘अविवाहित’ भएको सिफारिस दिएको अनुसन्धानबाट खुलेको छ । ती पुरुषकी श्रीमतीले सम्बन्धित व्यक्ति विवाहित रहेको उल्लेख गर्दै सिफारिस नदिन वडा कार्यालयमा लिखित निवेदनसमेत दिएकी थिइन् । तर, उक्त निवेदनलाई बेवास्ता गर्दै वडा कार्यालयबाट अविवाहित भएको सिफारिस जारी गरिएको प्रहरीको भनाइ छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस