Like us!
Follow us!
Connect us!
Watch us!

भ्रष्टाचार नियन्त्रणको औषधि योग र ध्यान : मन्त्री पुन

अर्थ संसार

आइतबार, ०६ पुस २०८२, १२ : २९ मा प्रकाशित

भ्रष्टाचार नियन्त्रणको औषधि योग र ध्यान : मन्त्री पुन

अन्तरिम सरकारका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले भ्रष्टाचार नियन्त्रणका लागि योग र ध्यानलाई प्राथमिकता दिनुपर्ने बताएका छन्। विश्व ध्यान दिवसको अवसरमा आज काठमाडौंको टुँडिखेलमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले योग र ध्यानले मनलाई शान्त र पवित्र बनाउन मद्दत गर्ने उल्लेख गरे।

‘जति पनि भ्रष्टचारीहरु छन् भन्छौं हामी उनीहरुको मन भ्रष्ट छ, शुद्ध छैन । उनीहरुमा घमण्ड छ, लोभ लालसा छ । यस्तो किसिमको लोभ, लालसा, घमण्डीपना, भ्रष्टाचारीहरु जुन छ, यसलाई हटाउनको लागि औषधि खुवाएर नहुने देखियो’, मन्त्री पुनले भने, ‘त्यसको औषधि बनेको पनि छैन । बन्दा पनि बन्ने छैन । तर त्यसको औषधिको रुपमा योग, ध्यानलाई हामीले हाम्रो समाज समाजमा फैलाउन सक्नुपर्छ । टोलटोलमा फैलाउनसके भ्रष्टाचार हट्ने ठूलो सम्भावना देखेको छु । भ्रष्टाचारीहरुको मनलाई पनि घमण्डीहरुको मन, लोभीपापीहरुको मनलाई पनि शुद्ध गर्ने एउटा माध्यमको रुमपा देखेको छु ।’

योग ध्यानलाई गाउँगाउँमा पुर्‍याउनको लागि सबैले प्रयास गर्न उनले आह्वान गरे । योग, ध्यानलाई विद्यालयको अतिरिक्त क्रियाकलापमा समावेश गर्नुपर्ने पनि उनले बताए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको