Like us!
Follow us!
Connect us!
Watch us!

काठमाडौँका यी क्षेत्रमा आज ५ घण्टा विद्युत् आपूर्ति बन्द हुने

अर्थ संसार

शुक्रबार, ०८ जेठ २०८३, ११ : १९ मा प्रकाशित

काठमाडौँका यी क्षेत्रमा आज ५ घण्टा विद्युत् आपूर्ति बन्द हुने

नेपाल विद्युत् प्राधिकरणले आज शंखमुल फिडर अन्तर्गतका क्षेत्रमा दिउँसो चार घण्टासम्म विद्युत् आपूर्ति बन्द हुने जनाएको छ ।

एक सूचना जारी गर्दै प्राधिकरणले शंखमुल फिडर अन्तर्गतका दोभान पुल, श्रीनगर, मार्ग, बागमती बुद्ध बिहार, शंखमुल पुल एरिया, रोजबड स्कुल, भृगु मार्ग र रुद्रमति मार्ग क्षेत्रमा बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने बताएको छ।

हाल शंखमूल फिडर अन्तर्गतका क्षेत्रमा बिजुली वितरण प्रणालीलाई भूमिगत गर्ने कार्य भइरहेकाले विद्युत् आपूर्ति प्रभावित भएको प्राधिकरणले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको