रूसले युक्रेनको किएभमा थप आक्रमण गर्ने योजना सार्वजनिक गर्दै त्यहाँ रहेका विदेशी नागरिक र कूटनीतिज्ञलाई शहर छोड्न आह्वान गरेको छ । रुसी सशस्त्र बलले किएभमा रहेका युक्रेनी सैन्य–औद्योगिक प्रतिष्ठानमाथि आक्रमण शुरु गरिरहेको रुसी विदेश मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको हो ।
युक्रेनले रेड स्क्वायरमा सैन्य परेडमा बाधा पुर्याएमा मध्य किएभमा ठूलो आक्रमण गर्ने धम्की रुसले यसअघि दिएको थियो । रुसले यस महिनाको सुरुमा नै विदेशी नागरिक र कूटनीतिज्ञलाई किएभ खाली गर्न आह्वान गरिसकेको थियो ।
रुसले गएको हप्ताको अन्त्यमा युक्रेनमा थुप्रै ड्रोन र क्षेप्यास्त्र प्रहार गरेको थियो जसमा चार जनाको ज्यान जानुकासाथै धेरै जना घाइते भएका थिए । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले यसअघि भएको आक्रमणको बदला लिन आफ्नो सेनालाई आदेश दिएका थिए । रूसले सन् २०२२ फेब्रुअरीमा युक्रेनमा आक्रमण शुरु गरेको थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस