Like us!
Follow us!
Connect us!
Watch us!

आवश्यक कागजात बुझाउन र सम्पर्कमा आउन एनएलजी इन्स्योरेन्स आग्रह

अर्थ संसार

बुधबार, १३ जेठ २०८३, ११ : १९ मा प्रकाशित

आवश्यक कागजात बुझाउन र सम्पर्कमा आउन एनएलजी इन्स्योरेन्स आग्रह

एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले २०८२ चैत मसान्तसम्ममा क्षति भई बीमित वा बीमितको प्रतिनिधि मार्फत परेको दाबी निवेदनमा आवश्यक कागजात पेश गर्न आग्रह गरेको छ ।

कम्पनीका अनुसार कतिपय दाबी निवेदनहरूमा हालसम्म बीमा दाबीका सम्बन्धमा आवश्यक कागजात पेश नभएको वा बीमित सम्पर्कमा नआएको कारण दाबी प्रक्रिया रोकिएको छ ।

त्यस्तो बीमितहरूलाई अबको ३५ दिनभित्र आवश्यक कागजात सहित कम्पनी वा सम्बन्धित सर्भेयरको सम्पर्कमा आई दाबी प्रक्रिया अघि बढाउन आग्रह गरेको हो। तोकिएको अवधिभित्र पनि बीमित सम्पर्कमा नआएमा त्यस्तो बीमा दाबीका फाइल बन्द गरिने कम्पनीले चेतावनी दिएको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको