सरकारले आगामी आगमा १ हजार किलोमिटर सडक कालोपत्रे गर्ने घोषणा गरेको छ । सो आवमा २ सय सडक पुल निर्माण गरिने अर्थमन्त्री डां स्वर्णिम वाग्लेले घोषणा गरेका हुन् ।
उनका अनुसार पूर्व–पश्चिम राजमार्ग चार लेनमा बिस्तार गर्ने काम ५ वर्ष भित्र सम्पन्न गरिने । यसैवर्ष नारायणगढ–बुटवल र कमला–कन्चनपुर खण्ड निर्माण सकिने छ ।
अर्को दुई वर्ष भित्र ८० किलोमिटर निर्माण सकिने उनले बताए । सो राजमार्गका लागि ३७ अर्ब ४६ करोड विनियोजन गरिएको छ । द्रूतमार्गको ४० पुल र ४ सुरुङ द्रूतमार्गका लागि १७ अर्ब ६४ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । हुलाकी राजमार्गलाई ४ अर्ब ६५करोड विनियोजन गरिएको छ । कर्णाली राजमार्गलाई १ अर्ब र मध्यपहाडी लोकमार्गलाई २ अर्ब १६ करोड विनियोजन गरिएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस