सरकारले श्रम तथा रोजगार क्षेत्रमा ३ अर्ब ६३ करोड रूपैयाँ बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले श्रम तथा रोजगार क्षेत्रका लागि ३ अर्ब ६३ करोड रूपैयाँ बजेट विनियोजना गरेको जानकारी गराए ।
रिर्भस प्रवासनलाई प्रोत्साहन गर्दै विप्रेशणलाई उपभोग गर्दै विप्रेशणलाई उपभोगबाट उत्पादनशील प्रयोजनमा रूपान्तरण गर्दै विप्रेशण लगानी मिलान कोष सञ्चालन गरिने बताए ।
वैदेशिक रोजगारीबाट फर्किएकाको ज्ञान, सिप र दक्षताको सदुपयोग गर्न रिटर्नी माईग्रेन कार्यक्रम कार्यान्वयन गरिने बताए । युवाहरूलाई विभिन्न विषयगत छोटो अवधिका र कार्यस्थलमा आधारित तालिम सञ्चालन गरि सिपयुक्त बनाउने अर्थमन्त्री वाग्लेले बताए ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस