Like us!
Follow us!
Connect us!
Watch us!

इप्पानको नयाँ नेतृत्वका लागि बलराम र उत्तमको प्यानल मैदानमा, कसले मार्ला बाजी ?

अर्थ संसार

विहीबार, २८ जेठ २०८३, १२ : ३२ मा प्रकाशित

इप्पानको नयाँ नेतृत्वका लागि बलराम र उत्तमको प्यानल मैदानमा, कसले मार्ला बाजी ?

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) को २४ औँ वार्षिक साधारणसभा तथा ८ औँ अधिवेशन शुक्रबार हुँदैछ । नयाँ नेतृत्व समेत चयन गर्ने उक्त अधिवेशनका लागि दुई वटा समूह प्यानल नै घोषणा गरेर चुनावि मैदानमा होमिएका छन् । 

हालको विधान अनुसार बरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था रहेको छ । सो व्यवस्था अनुसार अहिले हुने चुनाव अध्यक्ष बाहेक बरिष्ठ उपाध्यक्ष सहतिका पदका लागि मात्रै हो । तीन वर्ष पछि स्वतः अध्यक्ष हुने भएकाले वरिष्ठ उपाध्यक्षमा चुनाव नै मुख्य हुने गरेको छ । यो पटकको अधिवेशनमा विधान संशोधन प्रस्ताव पनि जाने र त्यसमा संशोधन भएको खण्डमा अर्को पटक अध्यक्ष सहितका पदमा निर्वाचन हुन सक्छ । तर, अहिलेको विधान अनुसार भने बरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने छन । 

इप्पानका हालका बरिष्ठ उपाध्यक्ष मोहन डाँगी स्वतः अध्यक्ष हुने छ । बरिष्ठ उपाध्यक्षमा इप्पानका हालका उपाध्यक्ष उत्तम लामा भ्लोन र हालका महासचिव बलराम खतिवडाले प्यानल सहित चुनाबी मैदानमा उत्रिएका छन् । लामाले पहिले नै आफ्नो प्यानले घोषणा गरेका थिए भने खतिवडाले बुधबार मात्रै आफ्नो प्यानल घोषणा गरेका हुन् । 

लामाको टिमबाट उपाध्यक्षहरुमा शुसन कर्माचार्य, हिम पाठक, विक्रम विष्ट, नरेन्द्र वल्लभ पन्त, महासचिवमा टिएन आचार्य, उपमहासचिवमा कविता पोखरेल, कोषाध्यक्षमा शंकर वस्याल, सचिवहरुमा कुवेरमणि नेपाल, अभिज्ञा मल्ल, ईशा श्रेष्ठ, सुमन जोशी, विजय मोहन भट्टराई र सदस्यहरुमा अनुप आचार्य, जगत पोखरेल, कदम के.सी., प्रतिमा ज्ञवाली, वर्णन लामिछाने, नारायण खनाल, ज्योति गैरे, सोमनाथ कंडेल, सरिता शाक्य प्रधान रहेका छन् ।

खतिवडाको टिमबाट उपाध्यक्ष पदमा भरतबहादुर खत्री, भरत प्रसाद नेपाल, कुमार खरेल, दीपक पौडेल, सिर्जना खड्का, महासचिव पदमा प्रकाशचन्द्र दुलाल, सचिवहरुमा कृष्ण प्रसाद घिमिरे, तारा बहादुर इस्बो लिम्बु, बिरेन्द्र बहादुर मल्ल, संगीता धमला, इशा श्रेष्ठ, कोषाध्यक्ष पदमा मिथुन पौडेल र सदस्यहरुमा सोमनाथ कँडेल, भुषण गुरागाई, सन्तोषराज नेपाल, मिलन खड्का, जगदीश शिवाकोटी, नारायण कँडेल, सुकुन्द ओझा, ज्योती गैरे, इन्दिरा पन्त र प्रदीप ओली रहेका छन् ।

सबैले सर्वसम्मत नेतृत्व चयनको विषय उठाए पनि चुनावका लागि प्यानले घोषणा गरेकाले सर्वसम्मत रुपमा नेतृत्व चयन हुने सम्भावना लगभग सकिएको छ । दुई पक्षले प्यानल घोषणा गरेको भए पनि अन्तिमसम्म सर्वसम्मतका लागि प्रयास भने जारी रहने दुवै पक्षले बताइरहेका छन् । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको