Like us!
Follow us!
Connect us!
Watch us!

शुद्ध नेपाली बोल्न निरन्तर प्रयासरत छु - उपसभामुख ठाकुर

अर्थ संसार

शुक्रबार, २९ जेठ २०८३, १० : ३९ मा प्रकाशित

शुद्ध नेपाली बोल्न निरन्तर प्रयासरत छु - उपसभामुख ठाकुर

प्रतिनिधिसभाको हिजोको बैठक केही समय सञ्चालन गर्दा उपसभामुख रुबीकुमारी ठाकुर विभिन्न टिकाटिप्पणीको केन्द्रमा परिन्। बैठक सञ्चालनका क्रममा केही सांसदहरूको नाम उच्चारण गर्न उनलाई कठिनाइ भएको देखिएको थियो। मातृभाषा मैथिली भएकाले नेपाली भाषामा सहज रूपमा अभिव्यक्ति दिन चुनौती हुने गरेको पनि देखिन्थ्यो।

यस विषयमा ठाकुरले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै आफू शुद्ध नेपाली बोल्न निरन्तर प्रयासरत रहेको बताएकी छन्। उनले मैथिली आफ्नो मातृभाषा र मधेश जन्मभूमि भएकाले आफ्नो बोली, लवज र अभिव्यक्तिमा मैथिलीको मिठास झल्किनु स्वाभाविक रहेको उल्लेख गरेकी छन्।

उनले लेखेकी छन्, ‘मातृभाषा केवल संवादको माध्यम मात्र होइन, यो हाम्रो पहिचान, संस्कृति, सभ्यता, इतिहास र आत्मासँग जोडिएको अमूल्य सम्पदा हो । यसलाई म गर्वका साथ अपनाउँछु र जीवनभर सम्मान गरिरहनेछु । शुद्ध नेपाली बोल्न म निरन्तर प्रयासरत छु ।’

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

धेरै पढिएको