कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को लागि ३५ अर्ब ३९ करोड ८५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि छुट्याएको बजेट स्रोतमध्य ८ अर्ब ६० करोड ४५ लाख (२४.३१ प्रतिशत) चालु खर्च हो भने २० अर्ब ७४ करोड ६७ लाख (५८.३१ प्रतिशत) रुपैयाँ पुँजीगत खर्चका लागि छुट्याएको छ ।
त्यसैगरी कर्णाली प्रदेश सरकारले वित्तीय व्यवस्थातर्फ ५० करोड रुपैयाँ विनियोजन गरेको छ । कर्णाली प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालयका मन्त्री राजीब विक्रम शाहले संवैधानिक व्यवस्था अनुसार आज असार १ गते बजेट सार्वजनिक गरेको हुन् । आज प्रस्तुत गरिएको बजेट चालु आर्थिक वर्षको तुलनामा ७.२८ प्रतिशतले बढी हो ।
सरकारले प्रस्तुत गरेको बजेटको स्रोत व्यवस्थापन गर्न आन्तरिक आय ८५ करोड पाँच लाख ९० हजार, चालु आर्थिक वर्षमा खर्च नभई बचत हुने करिब ६ अर्ब ४१ करोड ५१ लाख रुपौयाँ परिचालन गर्ने सरकारले जनाएको छ। संघीय सरकारबाट राजस्व बाँडफाँटअन्तर्गत प्राप्त १० अर्ब ६६ करोड ५० लाख ४९ हजार, वित्तीय समानीकरण अनुदान १० अर्ब ६३ करोड २३ लाख, सशर्त अनुदानतर्फ पाँच अर्ब ६७ करोड २५ लाख रुपैयाँ परिचालन गर्ने मन्त्री शाहले बजेट भाषणका क्रमा बताएका छन् ।
आगामी वर्ष समपुरक अनुदान ६६ करोड ७८ लाख र विशेष अनुदान ४८ करोड ५६ लाख रुपैयाँ स्रोत परिचालन गरिने अर्थमन्त्री शाहको भनाइ छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस