Like us!
Follow us!
Connect us!
Watch us!

यूनाइटेड अजोड इन्स्योरेन्सको साधारण सभा सम्पन्न

अर्थ संसार

बुधबार, ३१ असार २०८३, १७ : १० मा प्रकाशित

यूनाइटेड अजोड इन्स्योरेन्सको साधारण सभा सम्पन्न

युनाइटेड अजोड इन्स्योरेन्सले आफ्नो ३२ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभा काठमाडौंको भाटभटेनीस्थित अम्रपाली ब्यांक्वेटमा सम्पन्न भएको हो ।

सभाले आर्थिक वर्ष २०८१/८२ का लागि प्रस्तावित हाल कायम चुक्तापुँजीको कुल ४.५११३ प्रतिशत लाभांश अनुमोदन गरेको छ । जसमा बोनस सेयर ४.२८५७ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.२२५६ नगद लाभांश छन्।

यसैगरी सभाले बोनस सेयर वितरणपछि कम्पनीको जारी पुँजी २ अर्ब ६४ करोड पुग्ने हुँदा सोहीबमोजिम प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्ताव पनि पारित गरेको छ । सभाले नियमावली प्रबन्धपत्रमा संशोधन गर्दा नियमनकारी निकायबाट कुनै रायसुझाव प्राप्त भएमा सोही बमोजिमत गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव अनुमोदन गरेको छ ।

सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नुका साथै चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव अनुमोदन गरेको छ ।

२०८३ साल जेठ मसान्तसम्म कम्पनीको शाखा तथा उपशाखा, तेस्रोपक्ष बीमा काउण्टर र प्रादेशिक कार्यालयहरुको समायोजन गरी हाल प्रधान कार्यालय तथा प्रादेशिक कार्यालय समेत १०४ वटा शाखा तथा उपशाखा र तेस्रोपक्ष बीमा काउण्टरबाट बीमा सेवा प्रदान गर्दै आएकोे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको