अर्थ संसार, धादिङ– बूढीगण्डकी जलविद्युत् आयोजनाले चर्केको जग्गामा अवैध बालुवाखानी सञ्चालन गरिएको पाएपछि स्थानीय प्रशासनले बन्द गर्न आदेश दिएको छ ।
स्थानीय प्रशासनले बुधबार गरको अनुगमनमा बूढीगण्डकी किनारका अवैध बालुवाखानी र बालुवा धुने एक दर्जन अवैध फिरफिर उद्योग सञ्चालन गरिएको भेटिएको हो।
ज्वालामुखी गाउँपालिकाअन्तर्गत पीपलटार र बुंगकोटघाट तथा गोरखाको दर्बुङ, पट्टी लगायतका स्थानमा एक दर्जनभन्दा बढी अवैध बालुवाखानी सञ्चालन रहेको अनुगमनका क्रममा भेटिएको हो।
उजुरीका आधारमा छड्के अनुगमनमा पुगेका सहायक प्रमुख जिल्ला अधिकारी धोलरकराज ढकाल खानी सञ्चालन गरिरहेका स्थलमा पुग्दा बालुवा ओसारपसार भइरहेको थियो।
उनले बालुवाखानी सञ्चालनमा रोक लगाउनुका साथै बालुवा ओसार्ने ट्रिपरलाई नियन्त्रणमा लिन प्रहरी प्रशासनलाई निर्देशनसमेत दिएका छन्। अनुगमनका क्रममा बालुवा तस्करले खानी र फिफिरे दर्ता नै नगरी जेनेरटरे बाट विद्युत् आपूर्ति गरी उद्योग सञ्चालन गरेको फेला परेको हो।
राजमार्ग क्षेत्र वरपरका त्रिशूली नदीमा नदीजन्य पदार्थको उत्खनन् र बालुवा प्रशोधन उद्योग गत फागुन अन्तिम सातादेखि बन्द भएपछि बूढीगण्डकी किनारमा बालुवा तस्कर केन्द्रित भएका हुन्।
अवैध रूपमा सञ्चालित पृथ्वी राजमार्गका करिब सय वटा फिरफिरे थानीय प्रशासनले बन्द गराएपछि जिल्लामा बालुवाको अभाव हुँदै आएको छ । त्यसलगत्तै बालुवा तस्कर बूढीगण्डकी नदी किनारमा उद्योग सञ्चालन गर्न सुरु गरका हुन्  ।
उनीहरूले सदरमुकाम लगायतका बजारमा महँगो मूल्यमा बालुवा बिक्री गर्दै आएका छन्। ‘विगत ६ महिनादेखि नै गोरखा र धादिङको सीमामा पर्ने बूढीगण्डकी किनारका बालुवाखानी सञ्चालन हुने गरकाले  पानी धमिलो हुँदै गएको उजुरी परको  थियो,’ प्रजिअ श्यामप्रसाद भण्डारीले भने।
प्रस्तावित बूढीगण्डकी जलविद्युत् आयोजनाबाट करोडौं रकम मुआब्जा लिइसकेपछि आयोजनाको अधीनस्थ आएको जग्गा सरकारी नभएर स्वतः व्यक्तिको सम्पत्ति सरह हुने र स्वीकृतिबेगर आयोजना स्थलको बालुवा र जंगलको काठ बेच्नु सरासर कानुन विपरीत रहेको आयोजना प्रमुख कृष्ण कार्कीले बताए ।
आयोजना प्रमुख कार्कीका अनुसार ‘नदी किनारका बालुवाखानी र गिट्टी बेच्दै गए आयोजनालाई आवश्यक पर्ने परिमाणका निर्माण सामग्री कताबाट आपूर्ति गर्ने ? यसबारे थानीय निकाय चनाखो हुनुपर्नेमा उल्टै दोहनकारीलाई सघाएको आरोप लगाए । कान्तिपुरबाट
 
                                                                                    
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                        
                                                                
प्रतिक्रिया दिनुहोस