अर्थ संसार, काठमाडौँ – एक घण्टामै रसुवागढीबाट काठमाडौँ आइपुग्ने गरी रेलगर्मा निर्माण हुने भएको छ । रेलमार्ग निर्माणका लागि आवश्यक तयारी गर्न उच्चस्तरीय सरकारी टोली चीन प्रस्थान गरेको छ ।
भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका सचिव मधुसुदन अधिकारी, रेल विभागका उच्च अधिकारीसहितको टोली चीन प्रस्थान गरेको हो ।
  सो टोलीले रेलमार्ग निर्माणको विषयमा आवश्यक प्रक्रिया अगाडि बढाउने विश्वास लिइएको छ । टोली आज त्यसतर्फ प्रस्थान गरेको हो ।   रेल मार्गले काठमाडौंबाट चिनियाँ नाका केरुङको दुरी एक घण्टामै सिमित गराउनेछ ।
चिनिया सरकारको पूर्ण स्वामित्वमा रहेको चाइना रेल वे इन्टरनेशनल समूहले एक घण्टा भन्दा कम समयमै काठमाडौंबाट रसुवागढी पुग्न सकिने रेल मार्ग निर्माण गरिदिने प्रस्ताव अघि सारेको थियो ।
कम्पनीले रेल विभागमा बुझाएको प्रस्तावमा काठमाडौं–रसुवागढी विद्युतिय रेल मार्गको लम्बाई करिब १०५ किलोमिटरको मात्रै हुने उल्लेख गरेको थियो ।
प्रतिघण्टा १२० किलोमिटरको गतिमा दौडने रेलले काठमाडौं–रसुवागढी यात्रालाई एक घण्टा भन्दा कम समयमा सिमित गर्न सकिने प्रस्ताव गरिएको छ ।
यो रेलमार्ग रसुवागढीबाट काठमाडौं आइपुग्दा करिब ९१  किलोमिटर सुरुङ भित्र रहनेछ भने करिब ७  किलोमिटर पुलमाथी हुनेछ ।बाँकी रहने करिब आठ किलोमिटर भने भने जमिनमा रहनेछ ।
उक्त  रेलमार्गको  बिभिन्न ६ वटा स्टेशन रहेछन् । जसमा पहिलो स्टेशन रसुवागढी, दोश्रो स्टेशन स्याफ्रुबेसी, तेश्रो स्टेशन ग्राङमा निर्माण हुने उल्लेख छ । यस्तै चौथो स्टेशन नुवाकोटको विदुरमा र पाँचौं स्टेशन ककनीमा निर्माण गरेर छैठौं स्टेशनका रुपमा काठमाडौं प्रवेश गर्ने गरी डिजाइन गरिएको छ ।
रु  १८ अर्ब चिनियाँ मुद्रा खर्च गरेर त्यस्तो रेल बनाउन सकिने प्रस्ताव अघि बढाएको थियो । चाइना रेल वे इन्टरनेशनलको सो प्रस्ताव रेल विभागमा २०७३ पुस ११ गते दर्ता गरिएको थियो रेल विभागका प्रवक्ता प्रकाशभक्त उपाध्यायले जानकारी दिए ।
                                                                                    
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                        
                                                                
प्रतिक्रिया दिनुहोस