Like us!
Follow us!
Connect us!
Watch us!

नेप्से दोहोरो अंकले ओरालो, परिसूचक १५ सयभन्दा तल

मंगलबार, ०५ पुस २०७३, १७ : २२ मा प्रकाशित

नेप्से दोहोरो अंकले ओरालो, परिसूचक १५ सयभन्दा तल

अर्थ संसार

काठमाडौं–नेप्से परिसूचक निरंतर ओरालो लाग्नेक्रम मंगलबार जारी रहेको छ । यस दिन नेप्से दोहोरो अंकले घटेको छ । मंगलबार अन्य उपसूचकमात्रै हरियो भयो । अरु सबै उपसूचक रातै भए । यस दिन अन्य उपसूचक ०.३६ प्रतिशतले बढ्यो । यसबाहेक हाईड्रोपावर २.८६ प्रतिशत, इन्स्योरेन्स १.५२ प्रतिशत, बैंक १.३६ प्रतिशत, उत्पादन १.३६ प्रतिशत, वित्तीय १.१९ प्रतिशत होटेल १.०७ प्रतिशत र बिकास बैंक ०.९५ प्रतिशतले घटेका छन।

एभरेष्ट बैंकको बुक क्लोज हुने अघिल्लो दिन भएकाले अरु दिन जस्तै यस बैंकको कारोबार उच्च भयो । यस दिन एभरेष्टको मात्रै झण्डै आधा अर्थात ४२.३८ प्रतिशत कारोबार भएको छ । आजसम्म सेयर किन्नेले एभरेष्टको ७० प्रतिसत बोनस पाउने छन् । यस दिन एभरेस्टको २८ करोड ६७ लाख रुपैयाँ बराबर कारोबार भयो । बाँकी १३७ कम्पनीको ३९ करोड ३४ लाखको कारोबार भयो ।

घटेको बजारमा नागबेली बिकास बैंकका लगानीकर्ताले झण्डै १० प्रतिशतले कमाए । गुमाउनेमा मंजुश्री विकास बैंकका लगानीकर्ता रहे ।

यो पनि पढ्नुहोस्

अरुण कावेलीको सेयर बाँडफाँट, तपाईंलाई कति पर्यो ? [ सुचिसहित]

जाजरकोट पुग्यो धितोपत्र बोर्ड, स्थानीयलाई पूँजीवजारसम्वन्धीे जनचेतना जगाउँदै

रेनोे क्विड तथा डस्टरमा न्यूनतम मासिक किस्ताबन्दी योजना

सगरमाथा इन्स्योरेन्सले पुस २७ गते साधारणसभा गर्ने, २२ प्रतिशत बोसनको प्रस्ताव लैजाँदै

जनता बैंकले ५ दिन थप्यो हकप्रद भर्ने म्याद

चन्द माओवादीको चन्दा आतंक

म पनि सहयोगको अपेक्षा राख्दै पत्र लेखुँ कि ?

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको