Like us!
Follow us!
Connect us!
Watch us!

अरुण कावेलीको सेयर बाँडफाँट, तपाईंलाई कति पर्यो ? [ नामसहित]

मंगलबार, ०५ पुस २०७३, २१ : १८ मा प्रकाशित

अरुण कावेलीको सेयर बाँडफाँट, तपाईंलाई कति पर्यो ? [ नामसहित]

अर्थ संसार

काठमाडौं–अरुण काबेली पावर लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको साधारण सेयर आज दिउँसो बाँडफाँड गरेको छ ।  कम्पनीले ३० करोड रुपैंयाको ३० लाख कित्ता साधारण शेयर निस्कासन गरेको थियो । अरुण काबेलीको सेयर बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले कम्पनीको थापाथली ट्रेड टावरस्थित कार्यालयमा बाँडफाँट गरेको हो । 

कम्पनीका अनुसार  ३५ हजार रुपैयाँसम्मको आवेदन दिनेलाई गोलाप्रथाले बाँडिएको छ । उनीहरुले १३ कित्ता पाएका छन् । त्यसपछि ५० हजारसम्म लगानी गर्ने सबैले आवेदनको २.६७ प्रतिशत सेयर पाएका छन् ।  त्यसभन्दा माथिको आवेदन गर्नेले १.९७ प्रतिशत सेयर पाएका छन् । 

कम्पनीको सेयरमा १ लाख ६५ हजार ८ सय जना आवेदकहरुबाट १२ अर्ब ५३ करोड ८१ लाख १ सय १५ कित्ताको लागि शेयर आवेदन प्राप्त भएको विक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ । साना लगानीकर्ता समूहमा मागभन्दा ३७.४४ गुणाले बढी माग हुन आएकोले यस समूहमा आवेदन गर्नेलाई आवेदन गरेको शेयर कित्तालाई ३७.४४ ले भाग गर्दा आउने संख्याअनुसार राउण्डअप गरी ९१ हजार २ सय ७० जना आवेदकलाई ११ लाख ०४ हजार १ सय ४ कित्ता शेयर बाँडफाँड गरिएको विज्ञप्तिमा जनाइएको छ । 

अन्य लगानीकर्ता समूहमा मागभन्दा ५०.६८ गुणाले बढी माग हुन आएकोले आवेदन गरेको शेयर कित्तालाई ५०.६८ ले भाग गर्दा आउने संख्याअनुसार राउण्डअप गरी २८ हजार १ सय ११ जना आवेदकलाई १६ लाख ५५ हजार ८ सय ९६ कित्ता शेयर बाँडफाँड गरिएको छ । यसरी शेयर बाँडफाँड गर्दा साना लगानीकर्ता समूहलाई २.६७ प्रतिशत र अन्य लगानीकर्ता समूहलाई १.९७ प्रतिशत शेयर बाँडफाँड हुन आएको छ ।  

साना लगानीकर्ता समूहमध्ये ५० कित्तादेखि ३५० कित्ता समूहमा आवेदन गरेका आवेदकहरुको हकमा आवेदन गरेको शेयर कित्तालाई ३७.४४ ले भाग गर्दा १० कित्ताभन्दा कम संख्यामा बाँडफाँड हुन जाने भएकोले धितोपत्र बाँडफाँड सम्बन्धी निर्देशिका, २०६८ मा भएको व्यवस्था अनुसारसवैले धितोपत्र पाउन नसक्ने स्थिती रहन गएकोले गोलाप्रथा माध्यमद्वारा सफल आवेदक छनोट गरी शेयर बाँडफाँड गरिएको छ । 

यसबाहेक सामूहिक लगानीकोषलाई छुट्टाइएको १ लाख ५० हजार कित्ता शेयर र कर्मचारीहरुलाई छुट्टाइएको ९० हजार कित्ता शेयरसमेत बाँडफाँड गरिएको छ । 

कम्पनीले सर्वसाधारणका लागि कात्तिक ९ देखि कात्तिक १२ गतेसम्म साधारण शेयर निष्काशन गरेको थियो । कम्पनीको शेयरमा १ लाख ६६ हजार १ सय १२ जनाले १२ अर्ब ६३ करोड रुपैंया बराबरको सेयरका लागि आवेदन गरेका थिए । यो झण्डै ४२ गुणा हो । कम्पनीले पाँचथर र ताप्लेजुङको सिमानामा पर्ने कोबली नदीमा २५ मेगावाट क्षमताको काबेली बी १ जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

 यस सेयरका लागि मुलुकभरका ६४ संकलन केन्द्रबाट आवेदन संकलन गरिएको थियो । सर्बसाधारणले कम्तिमा ५० कित्तादेखि बढीमा १ हजार ५ सय कित्तासम्म सेयरमा लगानी गर्न सक्ने ब्यवस्था कम्पनीले गरेको थियो ।

अरुण भ्याली हाईड्रोपावर डेभपलमेण्ट कम्पनी लिमिटेडले सहायक कम्पनीका रुपमा अरुण काबेली पावर लिमिटेड स्थापना गरेको हो । अरुण भ्यालीले संखुवासभा जिल्लाको चैनपुर र मादी राम्बेनीबीच भई बहने पिलुवाखोलाको पानी उपयोग गरी ३ मेगावाट क्षमताको पिलुवाखोला जलविद्युत आयोजनाको निर्माण गरेर व्यबसायीक रुपमा विद्युत उत्पादन गरिरहेको छ । अरुण भ्यालीले पिलुवाखोलापछि २।४ मेगावाट क्षमताको रिडिखोला आयोजनाको निर्माण गरेको छ ।

यस कम्पनीको एकल शेयर स्वामित्वमा अरुण काबेली पावर लिमिटेड  स्थापना गरि पाँचथरमा बहने काबेली नदीमा २५ मेगावाट क्षमताको जलविद्युत परियोजना निर्माण गरिरहेको छ । अरुण भ्यालीले काबेली बि १ आयोजनाको टलरेसमा १० मेगावाट क्षमताको काबेली क्यासकेड नामक आयोजनाको सर्भेक्षण अनुमतिपत्र प्राप्त गरी बाह्य सल्लाहकारमार्फत संभाव्यता अध्ययन गर्ने कार्य गरिरहेको छ । आगामी वर्ष यस १० मेगावाट क्षमताको आयोजनाको पनि निर्माण सुरु हुनेछ ।

सेयर पर्नेहरुको नामावली नामावली पिडिएफमा हेर्नुहोसः

तीन सय ५० कित्ताभन्दा माथि आवेदन गर्नेलाई कति प्रतिशत परेको छ ? थाहा पाउन यो समाचार पढ्नुस्ः

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको