Like us!
Follow us!
Connect us!
Watch us!

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा पहिलो म्याच भारत र पाकिस्तानको

कृष्ण भट्टराई

बुधबार, १६ माघ २०७५, १८ : २४ मा प्रकाशित

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा पहिलो म्याच भारत र पाकिस्तानको

अर्थ संसार, काठमाडौं – गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा पहिलो खेल नै भारत र पाकिस्तानबीच गराइने भएको छ ।

आगामी २ वर्ष भित्र उक्त रंगशाला निर्माण सम्पन्न हुने र पहिलो खेल भारत र पाकिस्तानबीच गराएर नेपालको प्रचार प्रसार अन्तर्राष्ट्रिय स्तरमा गराउने बुधबार काठमाडौँमा आयोजित कार्यक्रममा जानकारी दिइयो ।

भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहालले चितवनको भरतपुर महानगरमा बन्ने रंगशालालाई अन्तर्राष्ट्रिय स्तरको बनाउन समेत परस्पर विरोधी देश भारत र पाकिस्तानबीच खेल गराइने बताउनुभयो ।

प्रमुख दाहालले भारत र पाकिस्तानबीच राम्रो सम्वन्ध छैन । त्यसैले उनीहरु एक अर्को देशमा गएर क्रिकेट खेल्दैनन् । कहिले यूएई कहिले दुबईमा गएर खेल्नुपर्ने अवस्था छ । त्यसका लागि लामो दूरी पार गर्नुपर्छ । हाम्रो देशमा  नेपालमा हामीले अन्तर्राष्ट्रिय सुविधा सम्पन्न रंगशाला निर्माण गरेको खन्डमा हामी दुई ढुंगाबीचको तरुल बन्न सक्छौं  र नेपालमा नै खेल गराउन सक्छौ ।’

फाउन्डेसनले रंगशाला बनाएर हस्तान्तरण गरेपछि महानगरपालिकाले यसलाई सञ्चालन गर्ने प्रमुख दाहालको भनाइ छ । रंगशालाका लागि महानगरपालिकाले जग्गा उपलब्ध गराएको छ  ।

निर्माण गर्ने भए धुर्मुस–सुन्तली फाउण्डेशनले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला, सम्झौतामा हस्ताक्षर (फोटोफिचर)

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको