अर्थ संसार, ललितपुर– गरिमा विकास बैंक लिमिटेडले विहीबार ललितपुरको कुमारीपाटीमा शाखा कार्यालयको औपचारिक उद्घाटन गरेको छ ।
उक्त शाखा कार्यालयको उद्घाटन नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणी शिवाकोटीज्यूले गर्नुभएको हो ।
काठमाण्डौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको यस विकास बैंकको हाल काठमाण्डौं उपत्यकाभित्र ८ वटा शाखा सहित देशभर ७२ शाखा र १७ वटा एटीएम संचालनमा छन । विकास बैंकले छिट्टैनै पर्साको बीरगंज, चितवनको मिलनचोक, दाङ्गको तुल्सीपुर र कास्कीको हेम्जामा समेत शाखा कार्यालय खोल्दैछ ।
विकास बैंकले आर्थिक बर्ष २०७५ चैत्र ६ गतेसम्मरु.२८ अर्ब ७५ करोड निक्षेप संकलन गरी रु.२५ अर्ब १५ करोड कर्जा लगानी गरेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस