Like us!
Follow us!
Connect us!
Watch us!

आशा लद्युवित्तको शेयर किन्दै हुनुहुन्छ ? पहिला, हेरौं कम्पनी विश्लेषण

बुधबार, २५ बैशाख २०७६, ०९ : ०८ मा प्रकाशित

आशा लद्युवित्तको शेयर किन्दै हुनुहुन्छ ? पहिला, हेरौं कम्पनी विश्लेषण

चालू आवको तेस्रो त्रैमाससम्ममा कम्पनीले रू. १ करोड ४५ लाख नाफा कमाएको छ । यो नाफा दोस्रो त्रैमासको तुलनामा ७८ प्रतिशत बढी हो । दोस्रो त्रैमासमा कम्पनीले रू. ८१ लाख ६४ हजार नाफा कमाएको थियो । तेस्रो त्रैमासमा कम्पनीले रू. ६२ लाख ४ हजार खराब कर्जा उठाएकाले र खुद ब्याज आम्दानी बढेकाले नाफामा वृद्धि भएको हो । कम्पनीले केही समयअगाडि आईपीओ जारी गरेको थियो ।

आशा लघुवित्त वित्तीय संस्था  : कम्पनी विश्लेषण ( आइतवार, बैशाख २२, २०७६) आईपीओ जारीपछि चुक्तापूँजी रू. २० करोड ७४ लाख पुगेको छ । हालसम्ममा कम्पनीले ४५ ओटा शाखा कार्यालयबाट लघुवित्त सेवा प्रदान गर्दै आएको छ । कम्पनीको २०७५ फागुन २७ गतेदेखि दोस्रो बजारमा शेयर खरीदविक्री भएको हो । हालसम्मको कारोबारमा शेयरको मूल्य अधिकतम रू. ५ सय १० र न्यूनतम रू. ३ सय ६ पुगेको छ । बिहीवारको शेयर कारोबारमा खरीद चापको तुलनामा विक्री चाप बढी छ । सो अवधिमा १ हजार ४ सय ३० कित्ता शेयर विक्री र ८ सय ८५ कित्ता शेयर खरीद गर्ने माग थियो ।

कम्पनीको ३६ दिनको कारोबार अवधिको अन्तिम दिन कालो मारुबोजु आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य घट्ने संकेत गर्छ । आरएसआई न्युट्रल जोन ६० दशमलव ८२ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन ८ दशमलव शून्य ८ विन्दुमा छ । उतारचढाव न्यून छ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिएका छन् । हालको मूल्य १४ दिने औसत मूल्यरेखा र २६ दिने औसत मूल्यरेखाको बीचमा छ । बिहीवारको शेयरमूल्य रू. ४ सय ६४ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. ४ सय ८५ मा प्रतिरोध पाउने र मूल्य सस्तिएमा रू. ४ सय ६२ मा टेवा पाउने देखिन्छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको