अर्थ संसार, काठमाडौं– राष्ट्रि बीमा कम्पनीका शेयरधनीले आजै मात्र प्रतिकित्ता १ हजार ५ रुपैयाँ कमाएका छन् ।
दोस्रो बजारमा प्रतिकित्ता १० हजार ५० रुपैयाबाट खुलेको कारोबार बढेर ११ हजार५५ रुपैयाँ पुगेको छ । बजारमा १० प्रतिशतले बढेर सर्किट ब्रेक समेत लागेको छ ।
बीमा तेस्रो त्रैमासको वित्तिय विवरणको पत्यक्ष प्रभाव दोस्रो बजारमा देखिएको छ । त्रैमासमा ९ महिनाको अवधिमा २६.७० प्रतिशले खुद मुनाफा बृद्धि गर्दै ५८ करोड ४८ लाख ४० हजार रुपैयाँ खुद नाफा कमाएको छ ।
त्यसै गरी राष्ट्रिय बीमा कम्पनी लिमिटेड प्रोमोटरको ९१४ रुपैयाँ, शिभम् सिमेन्टको ४९रुपैयाँ, भागर्व विकास बैंकको १५ रुपैयाँ, कृषि विकास बैंकको ३०रुपैयाँ, कर्पोरेट डेभलपमेन्ट बैंक ७रुपैयाँ, ओरियन्टल होटलको ४०रुपैयाँ, युनाइटेड मोदी हाइड्रोपावरको ७रुपैयाँ, नेपाल सेवा लघुवित्त वित्तीय संस्थाको २६रुपैयाँ, र समता माइक्रोफाइनान्सको ६८ रुपैयाँले बढेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस