Like us!
Follow us!
Connect us!
Watch us!

ओम डेभलपमेन्ट बैंकको प्रस्तावित बोनस शेयर रद्द, कारण यस्तो

आइतबार, १२ जेठ २०७६, १३ : ४२ मा प्रकाशित

ओम डेभलपमेन्ट बैंकको प्रस्तावित बोनस शेयर रद्द,  कारण यस्तो

अर्थ संसार, काठमाडौं– यस अघि बसेको संचालक समितिको बैठकले प्रस्ताव गरेको १२.७० प्रतिशत बोनस शेयर ओम ओम डेभलपमेन्ट  बैंकले रद्द गरेको छ । जेठ १० गते बसेको संचालक समितिको बैठकले बोनस शेयर रद्द गरेको हो ।

 एनएबि बैंकसँग मर्जरमा जाने भएपछि प्रस्तावित बोनस शेयर रद्द गरेको बैंकले जनाएको छ ।

ओम बैंकले जेठ २ मा एनएमबि बैंक लिमिटेडसँग मर्जरमा जानको लागि सैद्धान्तिक सहमतिपत्रमा हस्ताक्षर गरी त्यस बैंकको मर्जरको लागि सैद्धान्तिक सहमति पाउँ भनि संयुक्त निवेदन समेत पेश गरिसकेको र दुई संस्था विच भएको सैद्धान्तिक सहमति  अनुसार मर्जर पश्चात एकिकृत साधारणसभा सम्पन्न गरी कायम दुवै संस्थाका शेयरधनीलाई गत आर्थिक वर्षको नाफाबाट नगद लाभांश ÷बोनस शेयर वितरण गर्ने सहमति भएको छ ।

5cea4a0e557e0.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको