Like us!
Follow us!
Connect us!
Watch us!

कर्मचारीको आन्दोलन स्थगित

रबिन दङगाल

शुक्रबार, ०६ असार २०७६, १० : ४१ मा प्रकाशित

कर्मचारीको आन्दोलन स्थगित

अर्थ संसार, स्याङ्जा- कालिगण्डकी ‘ए’ जलविद्युत् केन्द्रका कर्मचारीले असार १ गतेदेखि गर्दै आएको आन्दोलन केही समयका लागि स्थगित गरेको जनाएका छन्। नेपाल विद्युत् प्राधिकरण कर्मचारी प्रशासनले जेठ ३० गते कालिगणकी ‘ए’ जलविद्युत् केन्द्रका ६० कर्मचारीको एकैसाथ सरुवा गरेपछि आन्दोलनमा उत्रिएका कर्मचारीले बिहीबारबाट आन्दोलन स्थगित गरेको जनाएका छन्।

कर्मचारीले बेमौसममा आफूहरुलाई सरुवा गरेर दुःख दिन खोजेको भन्दै आन्दोलन गरेका थिए। कार्यरत कर्मचारीले आफ्ना बालबच्चा विद्यालयमा भर्ना गरिसकेपछि भएको सरुवाले पढाइमा समेत बाधा पुर्याएको बताउँदै कर्मचारीको मनोबल गिर्ने गरी सरुवा नर्गन आग्रहसमेत गरेका छन्।
 
कालिगण्डकी ‘ए’ जलविद्युत् केन्द्रमा कार्यरत कर्मचारीको सङ्गठन कालिगण्डकी राष्ट्रिय कर्मचारी युनियन कालिगण्डकी ‘ए’ जलविद्युत् केन्द्र र कर्मचारी सङ्घ कालिगण्डकी ‘ए’ जलविद्युत् केन्द्रका पदाधिकारीले केन्द्र प्रमुखलाई ध्यानाकर्षणपत्रसमेत बुझाएको जनाएका छन्। केन्द्रमा कार्यरत ५९ कर्मचारीको सरुवा भएको प्रमुख राजेशकुमार पाण्डेले जानकारी दिए।
 
कर्मचारी सरुवाले भएको समस्या समाधानका लागि आफूले पहल गरिरहेको बताए। तर जलविद्युत् केन्द्रमा कार्यरत एक कर्मचारीले कार्यालय प्रमुखले आफूलाई मन पर्ने केही कर्मचारीबाहेक अरुलाई अपायकपर्ने स्थानमा सरुवा गरेको आरोप लगाएका छन्। कार्यालय प्रमुख पाण्डेले विद्यालयमा बच्चाबच्ची भर्ना गरेर पढाइरहेका कर्मचारीलाई सरुवा नगर्ने निर्णय व्यवस्थापकले गरिसकेको बताए। कर्मचारीले आफूहरुलाई अपायकपर्ने स्थानमा दुःख दिने नियतले सरुवा गरिएको भन्दै असार १ गतेदेखि चरणबद्ध आन्दोलन गर्दै आएका थिए।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको