अर्थ संसार, एक नेपाली महिला नागरिक सहित् चार विदेशी महिला र दुई बालिकाको हत्या गरेको अभियोगमा साइप्रसका एक पूर्वसैनिकलाई दोषी ठहर गर्दै सातवटा आजीवन कारावासको सजाय सुनाइएको छ। ती ७ हत्याको घटनाहरू २०१६ दखि २०१८ सम्म भएका थिए।
नेपाली महिलाको नाम अस्मिता खड्का बिष्ट भएको बताइएको छ। उनको हत्या भने १ वर्ष पहिला भएको थियो।उनले हत्या गरेका दुई बच्चा छ देखि आठ वर्षका थिए।
अदालतले आफ्नो आदेश सुनाउनुभन्दा अघि ३५ वर्षीय निकोस मेटाक्सासले हत्या र अपहरणसम्बन्धी १२ वटा अभियोग स्वीकार गरेका थिए। अदालतमा आँसु निकाल्दै उनले पीडितका परिवारसँग क्षमायाचना मागेका थिए।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस