Like us!
Follow us!
Connect us!
Watch us!

प्रदेश प्रहरी कार्यालयलाई ७० लाख मूल्य बराबरका मोटरसाइकल

रबिन दङगाल

विहीबार, ०२ साउन २०७६, १५ : ५० मा प्रकाशित

प्रदेश प्रहरी कार्यालयलाई ७० लाख मूल्य बराबरका मोटरसाइकल

अर्थ संसार, पोखरा- गण्डकी प्रदेश सरकारले प्रदेश प्रहरी कार्यालयलाई ७० लाख मूल्य बराबरका ३५ मोटरसाइकल हस्तान्तरण गरेको छ । प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा बुधबार पोखरामा आयोजित एक कार्यक्रमका बीच प्रदेश मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेश प्रहरी प्रमुख विनोद शर्मा घिमिरेलाई मोटरसाइकलको चाबी हस्तान्तरण गरेका  हुन् ।

कार्यक्रममा मुख्यमन्त्री गुरुङले सुरक्षालाई सुदृढ तुल्याउन प्रदेश सरकारले सहयोग गर्ने बताउँदै समयसापेक्ष पूर्वाधारमा पनि सहयोग गर्ने धारणा राखे । संविधानले व्यवस्था गरेअनुसार प्रहरी प्रदेशको मातहतमा आइसक्नुपर्ने भए पनि अझै सङ्घको मातहतमा नै रहेको उनले बताए ।

आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले सानो सहयोगले पनि प्रभावकारी सुरक्षाका लागि महत्वपूर्ण सहयोग पुग्ने धारणा राखे। सीमित साधनस्रोत भए पनि प्रहरीले देश र जनताको सुरक्षामा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउँदै उनले साधनस्रोत सम्पन्न बनाउन पनि आफूहरूले प्रयास गर्ने धारणा राखे ।
    
प्रदेश प्रहरी कार्यालय प्रमुख घिमिरेले प्रहरीले साधनस्रोतको कमी हुँदाहुँदै पनि आफ्नो जिम्मेवारी सफलताका साथ बहन गर्दै आएको जानकारी दिए । प्राप्त सहयोगले सुरक्षाको प्रभावकारितामा टेवा पुग्ने उनको भनाइ थियो ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको