Like us!
Follow us!
Connect us!
Watch us!

साउनको शुरुवातसँगै हरियो चुरा र पोतेको बिक्री तीव्र

रबिन दङगाल

शुक्रबार, ०३ साउन २०७६, १३ : २६ मा प्रकाशित

साउनको शुरुवातसँगै हरियो चुरा र पोतेको बिक्री तीव्र

अर्थ संसार, काठमाडौँ- साउनको आगमनसँगै बजार होस् वा भित्री गल्लीका दोकानहरुमा यतिखेर महिला दिदीबहिनीलाई हरियो चुरा, हरियो पोते, पहेलो  पोते, मेहन्दी, हरियो साडीहरु खरीद गर्न भ्याइनभ्याइ भएको छ ।

रियाज स्टोरका व्यापारी रियाज हकले साउनमा आफ्नो व्यापार राम्रो हुने र सामान बिक्री गर्न भ्याइनभ्याइ रहेको बताए ।यस्तै, न्यू दिदी शृङ्गाार पसलका व्यापारी विपीनसिंह भण्डारी यो महीनामा व्यापार बढ्ने र आम्दानी पनि राम्रो हुने बताउँदै अहिलेको महिलाहरुलाई जडी चुरा, बुटेचुरा र साधा चुरा बढी मन पराउने र आफूले पनि त्यही सामान बिक्री गरिरहेको जानकारी दिए । साउन महीनामा हरियो चुरा र मेहन्दी लगाउने महिलाको सङ्ख्या बढ्ने गरेको उनको भनाइ छ ।

पसलमा चुरा किन्न आउनुहुने सुजता खनालले आफ्ना साथीहरुले लगाएको देखेर र साउनमा चुरा र मेहन्दी लगाउन रहर लागेकाले आफू पनि चुरा लगाउन र मेहन्दी किन्न आएको बताइन् ।

यस्तै हिन्दू महिलाले साउन महीनालाई विशेष महीनाका रुपमा लिने गरेको र साउन महीनामा हरियो चुरा, हरियो पोते, मेहन्दी र हरियो वस्त्र लगाई शिवजीको पूजा गर्ने सोमबारको व्रत बस्ने श्रीमानको लामो आयु तथा दीर्घायुको कामना गर्ने गर्छन्  ।

बजारमा यतिखेर व्यापारीलाई सामान बिक्री गर्न चटारो छ । । विवाहित महिला होस् वा अविवाहित महिला कतिले रहरले लगाउने गरेका छन् भने कतिले देखासिकी गरेर  हरियो चुरा र मेहन्दी लगाउने चलन नै भइसकेको छ । हरियो रङ्गलाई समृद्धिको प्रतीक पनि भनिने भएकाले हिन्दू महिलाले श्रीमान्को समृद्धि होस् भनेर खासगरी विवाहित महिलाले हरियो चुरा, पोते, हरियो लुगा र मेहन्दी लगाउने धार्मिक प्रचलन छ ।

साउन महिनामा हरियो चुरा, हरियो पोते, मेहन्दी र हरियो साडीहरु एकले अर्कालाई उपहार पनि दिने चलन रहेको छ भने बजारमा यी सामानहरुको खरीद–बिक्री पनि बढेको पाइएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको