अर्थ संसार, काठमाडौं - अमेरिकाले नेपाललाई आत्मनिर्भर, स्वतन्त्र र समुत्थानशील साझेदारका रुपमा छिमेक र त्यसभन्दा परका राष्ट्रमा स्थापित गराउनुु आजको आवश्यकता भएको बताएको छ । 
अमेरिकी सरकारको प्रायोजनामा विभिन्न समयमा भिन्न प्राज्ञिक कार्यक्रम तथा शैक्षिक एवं अध्ययन भ्रमण गरी स्वदेश फर्केका नेपालीको सङ्गठन नेपाल–यूएस एलम्नाइ नेटवर्क (नुसान) ले अमेरिकी दूतावासको सहयोगमा आज राजधानीमा आयोजना गरेको ‘क्षेत्रीय सञ्जाल विस्तार’ विषयको विचार गोष्ठीमा नेपाललाई भौगोलिक अवस्थितिको लाभ हुनुुपर्ने पनि उसले बताएको छ ।
 
नेपालका लागि अमेरिकी राजदूत ¥याण्डी बेरीले ७३ वर्ष पुरानो अमेरिका–नेपाल कूटनीतिक सम्बन्धलाई नयाँ आयाम दिन सरकारी र जनस्तरजस्ता सम्पर्कका बहुुउपाय अवलम्बन गरिएको बताउँदै अमेरिकामा ज्ञान, सीप र विज्ञता हासिल गरी त्यसको उपयोग नेपालमा गर्ने एलम्नाइ सदस्य अमेरिका–नेपाल सम्पर्कका निम्ति महत्वपूूर्ण माध्यम हुन् भन्नुुभयो । 
उहाँले तिनै एलम्नाइ सदस्य अमेरिका–नेपाल सम्बन्धलाई अग्रगामी बनाउने भरपर्दो माध्यम भएको र नेपालका नीतिगत एवम् रणनीति पहिचानमा आत्मनिर्भर, स्वतन्त्र एवं समुत्थानशील साझेदारका रुपमा छिमेक र त्यसभन्दा परका राष्ट्रमा नेपालको स्थान मजबुत बनाउन यस्ता कार्यक्रमबाट मद्दत पुुग्ने बताउनुुभयो । 
पर्यटन र जलविद्युत्को विकासबाटै नेपालको उन्नयन सहज हुने विचार व्यक्त गर्दै उहाँले सम्पदा संरक्षणदेखि भौतिक पूर्वाधार निर्माणलगायत विकास–निर्माणका परियोजना कार्यान्वयन गर्न बर्सेनि रु २० अर्बको हाराहारीमा अनुदान उपलव्ध गराउँदै आएको जानकारी दिनुुभयो ।
 
नेपालको दिगो आर्थिक विकासका लागि मिलेनियम च्यालेन्ज कर्पोरेशनअन्तर्गत ऊर्जा तथा यातायात क्षेत्रको विकाससम्बन्धी पञ्चवर्षीय परियोजनाका लागि रु ६३ अर्ब उपलव्ध गराएको छ ।
 
 दक्षिण एशिया नीति अध्ययन केन्द्रका पूर्व कार्यकारी निर्देशक प्रा श्रीधर खत्रीले दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क), बहुुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) र चीनले अघि सारेको ‘बेल्ट एण्ड रोड इनिशिएटिभ्’ (बीआरआई) ले सम्पर्क सञ्जाल विस्तारमा जोड दिए पनि त्यो व्यवहारमा अनुवाद नभएको बताउनुुभयो ।
उहाँले सार्कको विकल्प बिमस्टेक हुन नसक्ने बताउँदै सार्कको भविष्य भारत–पाकिस्तान मतभिन्नताको छायामा रहेकाले यो क्षेत्रीय सङ्गठन पनि गतिहीन भएकामा दुुःख व्यक्त गर्नुभयो । बीआरआईलाई ऋणको भार बोकाउने महात्वाकाङ्क्षी परियोजनाका रुपमा धेरै पश्चिमा कूूटनीतिज्ञ र अर्थतन्त्रका जानकारले टिप्पणी गरेका बताउनुुभयो । विश्व अर्थतन्त्रमा नेतृत्वदायी भूमिकामा रहेका चीन र भारतबाट नेपालले अधिकाधिक लाभ लिनुपर्नेमा उहाँले जोड दिनुुभयो ।
                                                                                    
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                        
                                                                
प्रतिक्रिया दिनुहोस