Like us!
Follow us!
Connect us!
Watch us!

शतप्रतिशत हकप्रद सेयर जारी गर्ने विन्ध्यवासिनी हाइड्रोपावरको निर्णय

अर्थ संसार

मंगलबार, १८ कार्तिक २०८२, ११ : ३० मा प्रकाशित

शतप्रतिशत हकप्रद सेयर जारी गर्ने विन्ध्यवासिनी हाइड्रोपावरको निर्णय

विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले शतप्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीको कात्तिक १७ गते बसेको सञ्चालक समितिको बैठकले हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको हो । 

कम्पनीले आफ्नो उद्देश्य बमोजिम कम्पनीको दायित्व भुक्तानी गर्न तथा जलविद्युत आयोजनामा लगानी गर्न कम्पनीको हाल कायम चुक्ता पुँजीको १ बराबर १ को अनुपातमा हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो ।

यो निर्णय नियमनकारी निकायबाट स्वीकृत भएपछि कम्पनीको आगामी साधारणसभामा पेश गर्ने कम्पनीले जनाएको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको