अर्थ संसार, काबुल- अफगानिस्तानको राजधानी काबुलमा बिहीबार भएको आत्मघाती बम विस्फोटमा परी कम्तीमा पाँच व्यक्तिको मृत्यु भएको छ । काबुलमा अन्य दुई बम विस्फोट पनि भएको जनाइएको छ ।
अमेरिकाको नेतृत्वमा तालिबान लडाकू समूहसँग शान्ती वार्ताको प्रयास जारी रहृेको यस अवस्थामा काबुललगायत पूरा अफगानिस्तानमा द्वन्द्व बढेको पाइएको छ ।
पूर्वी काबुलमा स्थानीय समयाअनुसार बिहीबार बिहान ८ः१० बजे मोटसाइकलमा आएको एक आत्मघाती आक्रमणकारीले एक बसलाई लक्ष्यगरी विस्फोट गराएको गृह मन्त्रालयका प्रवक्ता नसरात रामीले बताएका छन् । यस आत्मघाती विस्फोटमा परी पाँच व्यक्तिको मृत्यु भएको रामीले बताएका छन् ।
सो बस खनिज र पेट्रलियम मन्त्रालयसँग आवद्ध भएको र मृतकको सङ्ख्या अझै बढ्न सक्ने सरकारी अधिकारीहरुले चेतावनी दिएका छन् । काबुलमा नै एक कारबमसहित दुइ बम विस्फोट भएको पनि रामी बताएका छन् ।
यस दुई बम विस्फोटको विस्तृत विवरण प्राप्त नभएको र यस आक्रमणको हालसम्म कुनै पनि समूहले जिम्मा पनि नलिएको जनाइएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस