अर्थ संसार, काठमाडौं– सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले  एकै पटक ४ जनालाई सहायक प्रमुख कार्यकारी अधिकृतमा नियुक्त  गरेको छ ।
बै्रकलेहालका प्रमुख कर्जा अधिकृत  सुमित बाबु खत्री, प्रमुख संचालन अधिकृत पारस कुमार काफ्ले,प्रमुख जोखिम अधिकृत राजेन्द्र लाल श्रेष्ठ र प्रमुख प्रशासकीय अधिकृतश्री उमंग शर्मालाई  कार्तिक १ गतेबाट लागू हुने गरी  बैंककोे सहायक प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो । बैंकको  स्थापनाकाल देखिनै आबद्ध चारै जनाले विभिन्न ओहदामा रहि नेतृत्वदायी भूमिका निर्वाह गर्दै आउनु भएको छ ।
“भित्र सिस्टम र बाहिर इमेज” को नारालाई आत्मसाथ गर्दै कार्यपथमा लम्किरहनु भएका बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले बैंकिङ क्षेत्रमा रहेको उहाँहरुको लामो अनुभवले बैंकलाई थप उचाइँमा लैजाने विश्वास व्यक्त गर्नु भएको छ ।
करिव १९ वर्षको बैंकिंग अनुभव भएका सुमित बाबु खत्रीले १५ वर्ष कर्जा विभागको विभिन्न ओहदामा रही कार्यसम्पादन गरि सक्नुभएको छ।प्रमुख कर्जा अधिकृतको रूपमा कार्यसम्पादन गर्दै आउनु भएका सुमित बाबु खत्रीअन्तर्गत हालसंस्थागत तथा व्यवसायिक बैंकिंग युनिट, उपभोक्ता बैंकिंग युनिट, एस. एम. ई. युनिट तथा सहवितियकरण र पूर्वाधार बैंकिंग युनिट रहेका छन्।  
१९ वर्षको बैंकिंग अनुभव भएका पारस कुमार काफ्ले विभिन्न ओहदामा रही बैंकिंग सेवा प्रवाह गर्नु भएको छ ।  शाखाको संचालन तथा व्यवस्थापन , निति नियमको अनुपालन , संस्थागत कर्जा तथा एस. एम. ई. कर्जा जस्तो क्षेत्रमा अब्बल रहनु भएका काफ्ले हाल प्रमुख संचालन अधिकृतको रूपमा कार्यसम्पादन गर्दै आउनु भएको छ ।
करिव १९ वर्ष देखि बैंकिंग क्षेत्रमा कार्यकुशलता प्रदर्शन गर्दै आउनु भएका राजेन्द्र लाल श्रेष्ठले विभिन्न ओहदामा रही कार्यसम्पादन गर्नु भएको छ ।  शाखा संचालन ,ट्रेड प्रसाशन, जोखिम व्यवस्थापन तथा कर्जा असुली जस्तो क्षेत्रमा उहाँको दक्ष्ता रहेको छ। हाल उहाँ बैंकको प्रमुख जोखिम अधिकृतको रुपमा कार्यरत हुनुहुन्छ ।  
करिव १८ वर्ष देखि वाणिज्य बैंकमा सेवा प्रवाह गर्दै आउनु भएका उमंग शर्माले लामो समयसम्म कर्जा विभागमा उल्लेख्य काम गर्नु भएको छ। हाल उहाँ प्रमुख प्रशासकीय अधिकृतको रूपमा कार्यसम्पादन गर्दै आउनु भएको छ। हाल उहाँ अन्तर्गतमानव संसाधन विभाग, सामान्य सेवा विभाग, र कर्पोरेट कम्युनिकेशन विभाग रहेका छन् ।उहाँबैंकको  प्रवक्ता समेत रहनु भएको छ।
“योर पार्टनर फोर प्रोग्रेस“ भन्ने नारालाई शिरोधार्य गरी, मिति २०६४ बैशाख ७ गते देखि २०औं वाणिज्य बैंकको रुपमा स्थापना भई अनवरत रूपले नेपाली जनताको घरदैलोमा बैंकिंग सेवा पुर्याँउदै आएको  सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आर्थिक वर्ष २०७५।७६ मा७० अर्ब ३५ करोड निक्षेप संकलन गरेर ६२ अर्ब ९० करोड रुपैयाँ ऋण प्रवाह गरिेबैंकले दुई अर्ब ८१ करोड ६४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना ८१ वटा शाखा, ७६ वटा ए.टि.एम. र ९९ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव चार लाख  ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।
यसका साथसाथै शाखाहरुसँगको समन्वय, निगरानी, संस्थागत सुशासन, जोखिम व्यवस्थापन एवम गुनासो सुनुवाई जस्ता कार्यहरूे छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा सम्पादन गर्ने उद्देश्यले बैंकले सात वटै प्रदेशमा प्रादेशिक कार्यालयहरुको स्थापना गरिसकेको छ ।
ग्राहकवर्गहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, घरैमा बसेर बैंक खाता खोल्न सकिने अनलाईन सुविधा, रेमिट्यान्स सेवा, बैंकास्योरेन्स, आस्वा, ड्राफ्ट, भिसा ए.टि.एम.कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा, साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनि उपलब्ध गराउँदै आएको छ ।
 
 
                                                                                    
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                        
                                                                
प्रतिक्रिया दिनुहोस