अर्थ संसार, काठमाडौं- वाणिज्य बैंकहरूले आफ्नो कुल कर्जाको ८.६ प्रतिशत मात्र ऊर्जा तथा पर्यटन क्षेत्रमा कर्जा प्रवाह गरेका छन् ।
आर्थिक वर्ष ०७५/७६ को ११ महिनामा बैंकहरूले कुल २४ खर्ब ६८ अर्ब कर्जा प्रवाह गरेका छन् । यसमध्ये २ खर्ब १२ अर्ब २४ करोड ८० लाख  रुपैयाँ ऊर्जा तथा पर्यटनमा कर्जा प्रवाह भएको राष्ट्र बैंकको तथ्यांक छ ।
केन्द्रीय बैंकले यी दुई क्षेत्रमा कुल  कर्जाको १५ प्रतिशत कर्जा प्रवाह गर्नुपर्ने अनिवार्य व्यवस्था गरे पनि बैंकहरूले पालना गर्न नसकेका हुन् । चालू वर्ष ०७६/७७ को मौद्रिक नीतिले बैंकहरूले उक्त कर्जाको सीमा पूरा गर्नुपर्ने म्याद ०७८ असार मसान्तसम्म दिएको छ ।
 पूरा भएन ऊर्जाका लागि कर्जाको छुट्टै सीमा
जलविद्युत् आयोजनाको मुख्य कच्चा पदार्थ ऋण लगानी र त्यसको ब्याजदर रहेको निजी ऊर्जा उत्पादकहरूले बताउँदै आएका छन् ।
‘जलविद्युत् आयोजनाहरूको मुख्य कच्चा पदार्थ नै ऋण लगानी र त्यसको ब्याजदर हो,’ स्वतन्त्र ऊर्जा प्रवद्र्धक मोतीलाल दुगड भन्छन्, ‘प्रतिमेगावाट विद्युत् उत्पादनकै लागि औसत १५ करोड रुपैयाँ लगानी हुने भएकाले यस क्षेत्रमा बैंकले ऋण लगानी बढाउनुपर्छ ।’
निजी ऊर्जा उत्पादकहरूले बैंकको कर्जा प्रवाह सीमा ऊर्जा क्षेत्रका लागि छुट्टै १५ प्रतिशत तोक्नुपर्ने माग गर्दै आएका छन् । तर, राष्ट्र बैंकले भने विगतझैँ ऊर्जा र पर्यटन क्षेत्रका लागि संयुक्त रूपमा १५ प्रतिशतको सीमालाई निरन्तरता दिएको छ । नयाँपत्रिबाट
                                                                                    
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                        
                                                                
प्रतिक्रिया दिनुहोस