Like us!
Follow us!
Connect us!
Watch us!

माछापुछ्रे बैंकको थप ९ शाखारहित बैंकिङ्ग सेवा सञ्चालन

आइतबार, ०१ भदौ २०७६, १८ : ४८ मा प्रकाशित

माछापुछ्रे  बैंकको थप ९ शाखारहित बैंकिङ्ग सेवा सञ्चालन

अर्थ संसार, काठमाडौं– माछापुछ्रे बैंक लिमिटेडले देशका विभिन्न स्थानमा थप ९ शाखारहित  बैंकिङ्ग सेवा संचालनमा ल्याएको छ ।

बैंकले महोत्तरी जिल्लाको बर्दिबास न.पा.–११, खयरमारा, धनुषा जिल्लाको कमला न. पा.–०६,सिङ्गयाही मडान, धनुषा जिल्ला कै शहिदनगर न. पा.–०३, यदुकोहा र लक्ष्मीनिया न. पा.–०७,लक्ष्मीनिया,  सिराहा जिल्लाको कल्याणपुर न. पा.–०६, भोक्राहा र कर्जन्हा न. पा.–०२, बन्दिपुर तथा रौतहट जिल्लाको चन्द्रपुर न. पा.–०२, जुडिवेला, चन्द्रपुर न. पा.–०३, गैंडाटार र स्याङ्जा जिल्लाको आँधीखोला गाउपालिका–०५ सेती दोभानमा थप ९ शाखारहित बैकिङ्ग सेवा सञ्चालनमा ल्याएको हो ।

बैकिङ्ग पहुँचदेखि टाढा रहेका ग्रामीण भेगका नागरिकमा बेंकिङ्ग सेवाप्रदानगर्ने उद्धेश्यले बैंकले शाखा रहित बैकिङ्ग सेवामार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।

देशका विभिन्न स्थानमा ९ शाखारहित बैकिङ्ग सेवा थपभएसंगै माछापुछ्रे बैंक लिमिटेडको शाखा रहित बैकिङ्ग सेवा१२१पुगेको छ ।

ग्राहक सेवा  केन्द्रको रुपमा संचालित उक्त शाखा रहित सेवाकेन्द्रहरुबाट खाता खोल्न, रकमजम्मा गर्न र झिक्न, रेमिटेन्स भूक्तानीका साथै कर्जा आवेदन समेत दिन सकिने छ । बैंकले नेपालमै पहिलो पटक तुरुन्त (रियल टाइममा) खाता खोल्ने व्यवस्था गरेको छ भने चिपमा आधारित डेबिट कार्ड पनि तुरुन्त उपलब्ध गराउदै आएको छ ।

बैंकले पूर्वमाझापा देखि पश्चिममाकन्चनपुर साथै हिमाल देखि पहाड र तराईसम्मआफ्ना १३६ वटा शाखाहरु लगायत १२१शाखा रहित बैकिङ्ग  सेवा समेत गरी जम्मा २५७ स्थानवाट ग्राहक माहानुभावहरुमा सम्पुर्ण बैकिङ्ग सुबिधाप्रदानगर्नुका साथै, बैंकको देशभर १५३ वटा एटीएमहरु मार्फत ग्राहक माहानुभावहरुलाई सेवा प्रदान गरिरहेको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको