Like us!
Follow us!
Connect us!
Watch us!

अण्डाको मूल्य प्रतिगोटा १२ रुपैयाँ, बढी लिए कारवाही

अर्थ संसार

सोमबार, ०६ असोज २०७६, २१ : ५२ मा प्रकाशित

अण्डाको मूल्य  प्रतिगोटा  १२ रुपैयाँ, बढी लिए कारवाही

अर्थ संसार, काठमाडौं - नेपाल दाना, अण्डा, कुखुरा वितरक सङ्घले अण्डाको मूल्यमा एकरुपता कायम गरेको छ । यसअघि विभिन्न मूल्यमा अण्डा बिक्री वितरण हुँदै आएकामा सोमबारदेखि अण्डाको मूल्यमा एकरुपता गरी उपभोक्ता मूल्य प्रतिगोटा  १२ रुपैयाँ कायम गरिएको छ । 

सङ्घको केन्द्रीय समितिद्वारा सोमबार यहाँ आयोजित छलफलमा  अण्डाको मूल्य तोकेको सङ्घका केन्द्रीय अध्यक्ष तेजनारायण पाण्डेले जानकारी दिनुभयो । हरेक शहरी क्षेत्रमा सोही मूल्यमा अण्डा बिक्री वितरण गर्नसमेत व्यवसायीलाई अनुरोध गरिएको छ । आज कायम गरिएको मूल्यमा अण्डा बिक्री वितरण नगर्नेलाई कारवाही गरिने सङ्घले जनाएको छ । सङ्घका वरिष्ठ उपाध्यक्ष विनोद पोखरेलले मूल्यमा एकरुपता ल्याई किसानलाईसमेत फाइदा हुने तथा उपभोक्ता नठगिउन् भन्नका लागि अन्तक्र्रिया गरी नयाँ मूल्य निर्धारण गरिएको बताउनुभयो । यस अघि अण्डा प्रतिगोटा १५ रुपैयाँ सम्ममा बिक्री हुँदै आएको थियो ।

आज कायम भएको मूल्य लागू गर्न व्यवसायीको तर्फबाट सूर्यमान शाक्य र अण्डा उत्पादक किसानको तर्फबाट पिताम्बर सञ्जेलको संयोजकत्वमा अलग–अलग समिति गठन गरिएको अध्यक्ष पाण्डेले जानकारी दिनुभयो । नेपाल पोल्ट्री महासङ्घका उपाध्यक्ष अर्जुन अर्यालले सबै मिलेर मूल्यमा एकरुपता गरिएको र यसलाई कार्यान्वयन गर्न सबै पक्ष लाग्नुपर्नेमा जोड दिनुभयो । अण्डाको बजार अनुगमन समितिका संयोजक मदन पोखरेलले देशका सबै व्यवसायी, किसान तथा वितरकसँग छलफल गरेर निष्कर्ष निकालिएको बताउनुभयो ।

पोल्ट्री व्यवसायी मञ्चका उपाध्यक्ष रघुनाथ भट्टले मूल्य निर्धारण मात्रै समस्याको समाधान नभइ राज्यले निर्धारण गरेअनुसार उत्पादित अण्डा बिक्री वितरणको जिम्मेवारी लिनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा नेपाल दाना उद्योग सङ्घका केन्द्रीय अध्यक्ष रवीन पुरीले सबै मिलेर समस्याको समाधान खोज्नुपर्नेमा जोड दिनुभयो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको