Like us!
Follow us!
Connect us!
Watch us!

जनता बैंकद्वारा लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थानलाई र वैद्यनाथ वेद विद्याश्रमलाई आर्थिक सहयोग प्रदान

मिलन खड्का

मंगलबार, १७ मंसिर २०७६, १५ : ५६ मा प्रकाशित

जनता बैंकद्वारा लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थानलाई र वैद्यनाथ वेद विद्याश्रमलाई आर्थिक सहयोग प्रदान

अर्थ संसार, काठमाडौं-जनता बैकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत लुम्बिनी नेत्र विज्ञानअध्ययन संस्थानलाई र वैद्यनाथ वेदविद्या श्रमलाईआर्थिक सहयोग प्रदान गरेको छ।  

लुम्बिनी नेत्र विज्ञानअध्ययन संस्थान, भैरहवालाई आँखा उपचार सम्बन्धीक्रो नियलटोपो ग्राफी मेसिन खरिद प्रयोजनार्थ रु. ४ लाख ५० हजार आर्थिक सहयोग उपलब्ध गराएको छ ।

उक्त सहयोग रकमको चेक आज बैंककाप्रमुखकार्यकारी अधिकृत श्री परशुरामकुँबर क्षेत्रीले लुम्बिनी नेत्र विज्ञानअध्ययन संस्थानकाअध्यक्ष श्री सागर प्रताप राणालाई हस्तान्तरण गर्नुभयो । नेपाल नेत्रज्योती संघबाट संचालित लुम्बिनी नेत्र विज्ञानअध्ययन संस्थान यस क्षेत्रको प्रमुखआँखा उपचार केन्द्रको रुपमा रहेको छ ।

यसै गरी बैंकले सुदुरपश्चिमप्रदेशको अछाममा रहेको श्री वैद्यनाथक्षेत्र विकास संस्थालाई अक्षयकोष प्रयोजनार्थ रु. २ लाख ५१ हजार सहयोग उपलब्ध गराएको छ । उक्त रकमको चेक प्रमुख कार्यकारी अधिकृत श्री परशुरामकुँवर क्षेत्रीले श्री वैद्यनाथक्षेत्र विकास संस्थाका संस्थापक संरक्षकश्री सुरतबहादुर थापा र संरक्षक तथापूर्व प्रहरी महानिरिक्षक श्री मोतिलालबोहरालाई हस्तान्तरण गर्नुभयो । उक्त संस्थाले अछाम जिल्लाको वैद्यनाथ क्षेत्रमा बि.सं. २०५५ साल देखि श्री वैद्यनाथ वेदविद्याश्रम संचालन गरिरहेको छ । उक्त सहयोग रकम विद्या श्रममाअध्ययनरत वटुकहरुको सहयोगको लागि खोलिएको अक्षयकोषमा जम्मा गरिनेछ ।  

जनता बैंक नेपाल लिमिटेड र ग्लोबल आइएमई बैंक लिमिटेड एक आपसमागाभिई यहि २०७६ मंशिर २० गते देखि एकिकृत कारोवार गर्न गइरहेका छन् । दुवै बैंक गाभिएपछिग्लोबल आइएमई बैंक लिमिटेड रु. २४ अर्ब भन्दाबढीप्राथमिकपुँजी, २ खर्ब ४ अर्ब बचत, रु. १ खर्ब ९४ अर्ब कर्जा लगानीतथा ८५० भन्दाबढी सेवा केन्द्र भएको देशकै ठूलो बाणिज्यबैंकको रुपमा स्थापित हुनेछ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको