अर्थ संसार, काठमाडौं–सानिमा बैंकले १५औं बार्षिकोत्सवको उपलक्ष्यमा  ग्राहकहरुलाई “अफर सानिमा बैंकको, रोजाई तपाईको” योजना ल्याएको छ । यस योजनामा सानिमा बैंकको विभिन्न डिजिटल सेवाहरु तथा सामान खरिदमा छुट प्रदान गर्ने छ । 
बैंकले आफ्ना नयॉ तथा पुराना ग्राहकहरुलाई लक्षित गरी ल्याएको यो योजना २०७६ मंसिर २० देखि २२ गते सम्म तीन दिनको लागि लागु हुनेछ । यो योजनाअन्तर्गत बैंकको डिजिटल सेवाहरु जस्तै डेविट कार्ड, क्रेडिट कार्ड,ट्राभल् कार्ड, प्रायोरीटिपास, मोबाईल बैंकिङ्ग तथा इन्टरनेट बैंकिङ्ग लगायतमा जारी शुल्क नलाग्ने व्यवस्था गरेको छ । साथै विभिन्न रेष्टुरेन्ट तथा विधुतिय सामान र मोबाइल फोन खरिदमा समेत विशेष छुटको व्यवस्था गरेको छ । 
सानिमा बैंकको हाल ७९ शाखा, १ एक्टेन्सन काउन्टर र ७५ ए.टि.एम. रहेको छ । 
 
 
 
 
                                                                                    
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                        
                                                                
प्रतिक्रिया दिनुहोस