Like us!
Follow us!
Connect us!
Watch us!

१ करोड जरिवाना तिर्न नसक्दा चिसो झ्यालखानामा !

बुधबार, २५ मंसिर २०७६, १६ : १६ मा प्रकाशित

१ करोड जरिवाना तिर्न नसक्दा चिसो झ्यालखानामा !

अर्थ संसार, सिन्धुली– जिल्ला अदालत सिन्धुपाल्चोकले विदेशी विनिमय मुद्रामा अदालतबाट दोषी सावित भई फरार रहेका सिन्धुपाल्चोक, भोटेकोशी गाउँपालिका– २, तातोपानी निवासी ३२ वर्षीय गोम्दे तामाङलाई कारागार चलान गरेको छ ।

जिल्ला अदालतले विसं २०७३ वैशाख २२ गते गरेको फैसलाले उनलाई एक महिना कैदसहित रु एक करोड ८६ लाख १४ हजार ९८९ जरिवाना तोकेको थियो । 

लामो समयसम्म फरार रहेका तामाङलाई लुकिछिपी बसेका अवस्थामा सोमबार प्रहरीले घरबाटै पक्राउ गरी अदालतमा बुझाएको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो ।

विदेशी विनिमय नियन्त्रण ऐनअन्तर्गत तोकिएको जरिवाना तिर्न नसकेपछि दोषी तामाङलाई थप पाँच वर्ष कैद सजाय तोकी आज कारागार चलान गरिएको अदालतका स्रेस्तेदार लेखनाथ पौडेलले बताउनुभयो । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको