Like us!
Follow us!
Connect us!
Watch us!

झ्याप्प–झ्याप्प बत्ति गएकाे बारेमा यसो भन्छन् कुलमान

निशा हुमाँगाई

आइतबार, २९ मंसिर २०७६, १४ : ४५ मा प्रकाशित

झ्याप्प–झ्याप्प बत्ति गएकाे बारेमा यसो भन्छन् कुलमान

अर्थ संसार, काठमाडौं – काठमाडौं उपत्यकाका विभिन्न स्थानमा केही दिनदेखि बिद्युत जाने र आउने भइरहेको छ । प्राविधिक समस्याका कारण बिद्युत आपूर्तिमा समस्या आएको हुन सक्ने विद्युत प्राधिकरणले जनाएको छ ।

 हिजो र अस्ति पानी परेका कारण केही प्राविधिक समस्या आएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताउनुभएकाे छ ।

 'हिजो र अस्ति पानी परेको थियो । लामो समय पानी नपरेर एक्कासी पानी परेपछि विद्युत वितरणमा समस्या आउछ', उहाँले भन्नुभयाे, 'विद्युत प्रर्याप्त मात्रामा छ केही ठाउँमा प्राविधिक समस्या आएको हुनसक्छ । त्यसलाई हामीले हेरिरहेका छौँ ।’ 

काठमाडौंका विभिन्न क्षेत्रका साथै ललितपुरका केही स्थानमा शुक्रवारदेखि विद्युत जाने आउने गरिरहेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको